मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राको परिवारमा फेरि खुसीको खबर आएको छ । यो जोडीले आफूहरू दोस्रो सन्तानको आमाबुबा बन्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
कियारा र सिद्धार्थले इन्स्टाग्राममा संयुक्त पोस्ट गर्दै गर्भावस्थाको खबर आफ्ना फ्यान तथा शुभेच्छुकसँग बाँडेका हुन् । पोस्टमा दुवैको हातमा बच्चाको सानो मोजा देखाइएको छ भने उनीहरूकी छोरी सरायाले पनि उक्त मोजा समातेको देखिन्छ ।
पोस्टसँगै उनीहरूले आफूहरू फेरि एकपटक ‘सबैभन्दा ठूलो उपहार’को आशीर्वाद पाएको उल्लेख गर्दै आफ्नो मन माया र कृतज्ञताले भरिएको बताएका छन् । खबर सार्वजनिक भएलगत्तै उनीहरूलाई फ्यान, शुभेच्छुक तथा बलिउडका कलाकारहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन् ।
कियारा र सिद्धार्थले सन् २०२५ जुलाईमा पहिलो सन्तानका रूपमा छोरी सराया मल्होत्रालाई जन्म दिएका थिए । हाल सराया करिब १५ महिनाकी भएकी छन् । दोस्रो सन्तानको आगमनसँगै बलिउडको यो चर्चित जोडीको परिवारमा खुसी थपिने भएको छ ।