Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी


२१, असोज २०८३
  • 88
    SHARES
  • ९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार, सौगातसँगै डेब्यु गर्दै सोफी

    काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जुबा’ को छायाङ्कन सम्पन्न भएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायाङ्कन ९० दिनमा पूरा गरिएको निर्माण पक्षले जनाएको छ ।

    चलचित्रको छायाङ्कन नेपालका सर्लाही, दाप्चा, काठमाडौँ र भक्तपुरका विभिन्न स्थानसँगै भारतको राजस्थानमा समेत गरिएको हो । लामो समयको छायाङ्कनपछि निर्माणको महत्वपूर्ण चरण पूरा भएको निर्माण टिमले जनाएको छ ।

    अस्त्र फिल्मसको ब्यानरमा निर्माण भएको ‘जुबा’की निर्मात्री सजना थापा र सहनिर्माता शेखर पाण्डे हुन् । चलचित्रको कथा तथा निर्देशन प्रकाश कर्णले गरेका छन् भने पटकथा लेखन वर्षा पौडेलको रहेको छ ।

    चलचित्रमा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले यही चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा अभिनय यात्रा सुरु गर्दैछिन् ।

    चलचित्रको कथावस्तुलाई भने निर्माण पक्षले हालसम्म गोप्य राखेको छ । छायाङ्कन सम्पन्न भएसँगै ‘जुबा’को अब पोस्ट–प्रोडक्सनको काम अघि बढ्ने भएको छ ।

  • लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा

  • नाना पाटेकरको निधन : भारतीय सिनेमाले गुमायो प्रभावशाली कलाकार

    काठमाडौँ । बलिउड तथा मराठी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको

  • कियारा आडवाणी फेरि आमा बन्दै, सिद्धार्थसँग बाँडे खुसीको खबर

    मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राको परिवारमा फेरि खुसीको खबर आएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend