Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दैनिक १२ जनाभन्दा बढी पर्यटक मनाङ पुग्छन्


११, असार २०८१
  • 326
    SHARES
  • दैनिक १२ जनाभन्दा बढी पर्यटक मनाङ पुग्छन्

    मनाङ । सिजनका बेला पर्यटकले भरिभराउ हुने मनाङमा असार दोस्रो सातासम्म आइपुग्दा दैनिक १२ जनाभन्दा बढी पर्यटक मनाङ पुग्ने गरेका छन् ।

    पहिले पर्यटकका लागि अफसिजन मानिएको मनाङमा अहिले बाह्रै महिना पर्यटक देखिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ इलाका कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

    केही दिनदेखि मनसुन सुरु भए पनि दैनिक १२ जनाको हाराहारीमा बाह्य पर्यटक मनाङ पुग्ने गरेको उहाँले बताउनुभयो । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङमा अझै चहलपहल देखिन्छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि अफसिजन मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले पनि विदेशी पर्यटक भित्रिने गरेका छन् ।

    कार्यालय प्रमुख भुजेलले वर्षायाममा मनाङमा आन्तरिक पर्यटक कम आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मङ्सिर र फागुनदेखि वैशाख मुख्य पर्यटकीय याममा यहाँ पर्यटकको सङ्ख्या बाक्लो हुन्छ ।’’

    चामेका पर्यटन व्यवसायी फुर्वा लामाले मनाङीको मुख्य आयआर्जनको स्रोत पर्यटन व्यवसाय रहेको बताउनुभयो । ‘‘अहिले अफसिजन भएकाले पर्यटकीय गतिविधि कम छ, व्यवसायीहरू फुर्सदिला छन्,’’ उहाँले भन्नुभयो ।

    जाडोयाममा व्यवसायीहरू होटल बन्द गरेर काठमाडौँ, पोखरालगायतका ठाउँमा जाने गर्दछन् । सडक विस्तारले पदमार्ग छोटिँदा अन्नपूर्ण चक्रीय पदमार्गको साख गुम्दै गएको लामाको अनुभव छ ।

    ‘‘पहिले २८ दिनको पदयात्रा अहिले एक हप्तामै छोटिएको छ, यसले गर्दा विदेशी पदयात्रीको आकर्षण घट्दै गएको छ’’, उहाँले भन्नुभयो, ‘‘सडक आएपछि पदमार्गमा पर्ने होटल व्यवसायी विस्थापित भएका छन् ।’’

    विकट भूगोल र जोखिमपूर्ण सडकका कारण मनसुनका बेला मनाङ पर्यटकीय चहलपहल घट्ने गरेको हो । चट्टानी पहराको खोँच र मर्स्याङ्दी नदीको किनारैकिनार मनाङ पुग्ने सडक यात्रा गर्नुपर्छ, यहाँको पदमार्ग पनि उत्तिकै जोखिमपूर्ण छ ।

    एक्याप मनाङका प्रमुख भुजेलले गत वर्ष २१ हजार ४९५ विदेशी पर्यटकले मनाङ घुमफिर गरेको जानकारी दिनुभयो । बढीजसो युरोपियन मुलुकका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको छ । हमास–इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको उहाँको भनाइ छ । आन्तरिक पर्यटकको तथ्याङ्क एक्यापसँग छैन । भारतीय र नेपाली पर्यटक मोटरसाइकल चलाएरै मनाङ आइपुग्छन् ।

    मनाङ हुँदै पाँच हजार चार सय मिटरको उचाइमा अवस्थित थोराङ्ला भन्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ निस्कने पर्यटक अधिक हुने गरेको एक्याप प्रमुख भुजेलले जानकारी दिनुभयो । कतिपय पर्यटक लार्के भन्ज्याङ काटेर गोरखाको मनास्लु क्षेत्र पुग्ने गरेको उहाँको भनाइ छ ।

    आन्तरिक पर्यटक बढीजसो तिलिचो घुम्न आउने गरेका छन् । मनाङ ङिस्याङ गाउँपालिका–२ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend