Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने


३१, भदौ २०८३
  • 99
    SHARES
  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई थप पारदर्शी बनाउने लक्ष्यसहित आन्तरिक राजस्व विभागले नयाँ कार्ययोजना अघि बढाएको छ।

    विभागले चालु आर्थिक वर्षमा ३६० करदाताको विस्तृत अनुसन्धान गरी १ अर्ब ९० करोड २२ लाख ८५ हजार रुपैयाँ थप कर निर्धारण गर्ने लक्ष्य राखेको छ। लक्ष्यअनुसार ९७ करोड २ लाख आयकर, ८६ करोड ६२ लाख ५० हजार भ्याट र ६ करोड ५८ लाख ३५ हजार रुपैयाँ अन्तःशुल्क निर्धारण गरिनेछ।

    त्यस्तै, मालवस्तु ओसारपसारको विद्युतीय प्रणालीमार्फत १०० करदाताको अनुगमन गरिनेछ भने सीमा क्षेत्रमा भन्सार तथा सुरक्षा निकायसँगको समन्वयमा थप १०० अनुगमन गर्ने योजना छ।

    विभागले विद्युतीय बीजक प्रयोग गर्ने १०४ करदाताको कर परीक्षण, घरजग्गा कारोबारसम्बन्धी ६० करदाताको अनुसन्धान तथा ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबारका ६० विवरणको छानबिन गर्ने भएको छ।

    उजुरी तथा गुनासो व्यवस्थापन प्रणालीमार्फत ३०० उजुरीको प्रविष्टि, अनुगमन र प्रगति अद्यावधिक गर्ने लक्ष्यसमेत तय गरिएको छ।

    सरकारले चालु आव २०८३/८४ मा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ। बजेटको १४ खर्ब ५ करोड ३१ करोड रुपैयाँ राजस्वबाट जुटाउने लक्ष्य राखिएको छ।

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • सम्पादकीय: "बिदाको घोषणा मात्र होइन, सुशासनको प्रतिबद्धता चाहिएको छ"

    आज भदौ २३ गते जेन्जी सहिद दिवस। सरकारले सार्वजनिक बिदा दिएको छ, राष्ट्रिय शोक मनाइएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend