Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न


२५, भदौ २०८३
  • 74
    SHARES
  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग

    काठमाडौं । जेनजी आन्दोलनका सहिदहरूको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा केही विवादित पात्रहरूको उपस्थितिले आयोजक र राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ। सहिदहरूको सम्मान र बलिदान सम्झने उद्देश्यले आयोजित कार्यक्रममा विवादित पृष्ठभूमि भएका व्यक्तिहरू मञ्चमा देखिएपछि सहभागी तथा आम नागरिकबीच त्यसको औचित्यमाथि प्रश्न उठेको हो।

    कार्यक्रममा देखिएका दुई व्यक्तिमध्ये श्रीनिवास आचार्यको विगतलाई लिएर यसअघि नै सार्वजनिक रूपमा विवाद उठिसकेको छ। २०७४ साल चैत २५ गते धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैंलाई गोली हान्न लगाएको घटनामा उनी पक्राउ परेका थिए। उक्त घटनाको अनुसन्धानपछि उनी हातहतियारसम्बन्धी मुद्दामा कारागारसमेत बसेका थिए।

    घटनाको वास्तविकता सार्वजनिक भएपछि तत्कालीन सरकारले उपचार खर्च बेहोर्ने निर्णयबाट पछि हटेको विवरणसमेत सार्वजनिक भएको थियो।
    त्यस्तै, कार्यक्रममा देखिएका अर्का व्यक्ति विजय भण्डारी, जसले आफूलाई ‘स्वामी बाल योगेश्वर महाराज’का रूपमा प्रस्तुत गर्ने गरेका छन्, उनीमाथि विगतमा वैदेशिक रोजगारी तथा धार्मिक कार्यक्रमका नाममा युवाहरूबाट रकम उठाएर ठगी गरेको आरोप लागेको थियो।

    अमेरिका, अस्ट्रेलिया तथा युरोपलगायत मुलुकमा धार्मिक कार्यक्रम र महायज्ञ आयोजना गर्ने भन्दै युवालाई भजन टोली, सहयोगी तथा व्यवस्थापकका रूपमा विदेश लैजाने आश्वासन दिएर रकम उठाएको र भिसा नलागेपछि रकम फिर्ता नगरेको भन्दै पीडितहरू प्रहरीसमक्ष पुगेका थिए।

    भण्डारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विगतमा ठगीसम्बन्धी अभियोगमा पक्राउ गरेको विवरणसमेत सार्वजनिक भएको थियो। उनीमाथि विभिन्न स्थानमा आयोजित महायज्ञबाट संकलित रकम तथा बोलकबोलबाट उठेको रकम घोषित उद्देश्यअनुसार खर्च नगरेको र निजी प्रयोजनमा प्रयोग गरेको आरोप पनि पटक-पटक लाग्दै आएको छ। यद्यपि, यस्ता आरोप तथा विगतका घटनाबारे सम्बन्धित व्यक्तिको पछिल्लो कानुनी अवस्था र आधिकारिक अभिलेखलाई समेत आधार बनाएर निष्कर्ष निकालिनुपर्ने देखिन्छ।

    यही पृष्ठभूमिमा जेनजी सहिदहरूको स्मृतिमा आयोजित कार्यक्रममै यस्ता विवादित पात्रहरू कुन हैसियतमा, कसको निमन्त्रणामा र कुन उद्देश्यले सहभागी भए? भन्ने प्रश्न उठेको छ।

    विशेषगरी सरकारका मन्त्री तथा राज्यका जिम्मेवार व्यक्तिहरू सहभागी भएको कार्यक्रममा उनीहरूको उपस्थितिले आयोजकको छनोट प्रक्रिया र सरकारी सहभागितामाथि थप प्रश्न जन्माएको छ।

    सहिदहरूको बलिदानप्रति सम्मान व्यक्त गर्न आयोजना गरिएको कार्यक्रम कुनै व्यक्तिको व्यक्तिगत प्रचार वा प्रतिष्ठा निर्माण गर्ने मञ्च बन्न नहुने आवाजसमेत उठेको छ। त्यसैले आयोजकले कार्यक्रममा विवादित व्यक्तिहरूलाई किन सहभागी गराइयो, निमन्त्रणा कसले गर्‍यो र उनीहरूको भूमिकाबारे स्पष्ट पार्नुपर्ने देखिन्छ।

    सहिदहरूको सम्मानका लागि आयोजित पवित्र मञ्चमा विवादित पृष्ठभूमिका व्यक्तिको उपस्थितिले सहिद परिवार, आन्दोलनकारी युवा र आम नागरिकको भावनामा असर परेको हो कि होइन?

    यसको जवाफ आयोजक र राज्यका सम्बन्धित निकायले दिनुपर्ने प्रश्न अहिले सार्वजनिक बहसको विषय बनेको छ।

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • सम्पादकीय: "बिदाको घोषणा मात्र होइन, सुशासनको प्रतिबद्धता चाहिएको छ"

    आज भदौ २३ गते जेन्जी सहिद दिवस। सरकारले सार्वजनिक बिदा दिएको छ, राष्ट्रिय शोक मनाइएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend