Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो


३१, भदौ २०८३
  • 58
    SHARES
  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत लाभकर (सीजीटी) उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै लामो तथा छोटो अवधिका लगानीकर्ताले तिर्नुपर्ने लाभकर दरमा ठूलो कटौती भएको हो।

    सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको सेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर परिमार्जन गरिएको जानकारी दिए।

    अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरी बिक्री गर्ने व्यक्तिगत लगानीकर्ताको नाफामा लाग्ने पुँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरिएको छ।

    त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि सेयर स्वामित्वमा राखी बिक्री गर्दा लाग्ने लाभकर १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ।

    यससँगै लामो अवधिका लगानीकर्ताका लागि लाभकरमा ४ प्रतिशत बिन्दु र छोटो अवधिका लगानीकर्ताका लागि ५ प्रतिशत बिन्दु कटौती भएको छ। नयाँ व्यवस्था नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीका सेयर धितोपत्र विनिमय बजारमार्फत कारोबार गर्ने प्राकृतिक व्यक्ति (व्यक्तिगत लगानीकर्ता) को हकमा मात्र लागू हुनेछ।

    सरकारको यो निर्णयले सेयर बिक्रीबाट हुने नाफामा लगानीकर्ताले तिर्नुपर्ने करको भार घटाउनेछ। कर दरमा गरिएको कटौतीले लगानीकर्ताको व्यवहार, कारोबारको सक्रियता तथा पुँजी बजारमा पर्ने प्रभावबारे भने आगामी दिनमा बजारको गतिविधिबाट थप स्पष्ट हुने देखिन्छ।

     
     
     

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • सरकारी उद्योग निजी क्षेत्रलाई, सरकार ‘उद्योग चलाउने’ पक्षमा छैन : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend