Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै


१७, कात्तिक २०८३
  • 63
    SHARES
  • चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न चितवन राइनोजले आफ्ना समर्थकलाई निःशुल्क बसमार्फत काठमाडौँ लैजाने व्यवस्था गरेको छ ।

    चितवन राइनोजका समर्थकलाई टिमको हौसला बढाउन सहज होस् भन्ने उद्देश्यले क्लबले चितवनदेखि काठमाडौँसम्म र खेल सकिएपछि पुनः चितवनसम्म निःशुल्क यातायातको व्यवस्था गरेको हो ।

    क्लबका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट खरिद गरेका चितवनका समर्थकलाई मात्रै यो सुविधा उपलब्ध गराइएको छ । प्रिटिकट लिएका समर्थकमध्ये ‘पहिले आउनेलाई पहिले सेवा’ (फस्ट कम, फस्ट सर्भ) का आधारमा बसमा यात्रा गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

    आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा चितवन अहिलेसम्म अपराजित रहेको छ । पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्द हुँदा अङ्क बाँडिएको थियो ।

    यता सुदूरपश्चिमले तीन खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको छ । आजको खेलमा जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ ।

  • वर्षाले रोकिएको खेल ५ ओभरमा झारियो, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

    काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र

  • जनकपुरविरुद्ध कर्णालीले बनायो १३२ रन, जितका लागि १३३ को लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको खेलमा कर्णाली याक्सले जनकपुर

  • एनपीएलको उद्घाटनमै लुम्बिनीको धमाका, सुदूरपश्चिम ८ विकेटले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend