Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एनपीएलको उद्घाटनमै लुम्बिनीको धमाका, सुदूरपश्चिम ८ विकेटले पराजित


१०, कात्तिक २०८३
  • 50
    SHARES
  • एनपीएलको उद्घाटनमै लुम्बिनीको धमाका, सुदूरपश्चिम ८ विकेटले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले शानदार जित निकालेको छ । आज भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

    सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै ४० रन बनाए भने ओपनर आसिफ शेखले ३२ रनको योगदान दिए । सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीका बलरसामु टिक्न नसक्दा १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए भने शैफ अली जैबले १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्ने क्रममा लुम्बिनीका किशोरी महतोले सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ३ विकेट लिँदा शाड्ली भान, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले समान १ विकेट लिए ।

    उद्घाटन खेलमै सानदार प्रदर्शन गरेको लुम्बिनीले बलिङ र ब्याटिङ दुवैमा आफ्नो प्रभाव देखाउँदै साविक विजेताको हैसियतअनुसार प्रतियोगितामा बलियो सुरुआत गरेको छ ।

  • आजदेखि एनपीएलको रौनक, उद्घाटनमा लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्दै

    काठमाडौँ । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौँमा

  • दोस्रोपटक एसिया कपमा छनोट नेपाली टोलीलाई क्यानको ३० लाख पुरस्कार

    काठमाडौँ । दोस्रोपटक एसिया कपमा छनोट भएर नेपाली क्रिकेटको इतिहासमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको राष्ट्रिय

  • एनपीएलमा कर्णाली याक्सको ‘पावर’ बढाउन पाकिस्तानी कप्तान फरहान काठमाडौंमा

    काठमाडौं । पाकिस्तानको टी२० राष्ट्रिय टोलीका कप्तान तथा आक्रामक ब्याटर साहिबजादा फरहान नेपाल प्रिमियर लिग

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend