Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गुल्मीमा स्कार्पियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते


१०, कात्तिक २०८३
  • 32
    SHARES
  • गुल्मीमा स्कार्पियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

    गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्याङ्जाको वालिङबाट गुल्मीको सिरकोट हुँदै राक्सेतर्फ जाँदै गरेको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली तथा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डेको मृत्यु भएको छ ।

    त्यस्तै, सिरकोटकै सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका–२ की नीता बगालेले पनि ज्यान गुमाएका छन् । मृतकमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    दुर्घटनामा कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् । घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये दुई जनाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल र एक जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

    बा ०२२० नम्बरको स्कार्पियो आज अपराह्न करिब ४ बजे दुर्घटनामा परेको हो । दुर्घटनाको खबर पाएलगत्तै स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

    दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनास्थल प्रहरी चौकी पुर्तिघाटबाट करिब छ किलोमिटर दक्षिणमा पर्दछ ।

  • बाँकेको राप्तीसोनारीमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

    नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका१ सौरीस्थित पूर्वपश्चिम राजमार्गमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

  • कपिलवस्तुमा दसैँको रौनकसँगै सुरक्षा सतर्कता, १० पालिकामा ५१३ दुर्गा मूर्ति प्रदर्शन

    कपिलवस्तु। विजयादशमीको उल्लाससँगै कपिलवस्तुमा दुर्गा भगवतीका मूर्ति प्रदर्शनले दसैँको रौनक बढाएको छ। जिल्लाका १० वटै

  • रुपन्देहीमा व्यवसाय टिकाउनै सकस : एक वर्षमा ७७७ उद्योग–फर्म बन्द

    रुपन्देही । रुपन्देहीमा नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहे पनि सञ्चालनमा रहेका उद्योग र व्यावसायिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend