बाँके । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध निर्वाचित भएपछि हमालले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। उनले बाँके जिल्ला संयोजक कृष्णबहादुर कार्की, बाँके जिल्लाका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमाललगायत सम्पूर्ण अग्रज नेतागण, शुभेच्छुक र साथीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
हमालले भन्छन् आफूप्रति व्यक्त गरिएको विश्वास, माया र सद्भावलाई उच्च सम्मान गर्दै हमालले नेपाली कांग्रेसको संगठन सुदृढीकरण, पार्टीभित्र एकता र सहकार्य अभिवृद्धि तथा जनताको सेवामा इमानदारीपूर्वक समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
उनले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई अवसर मात्र नभई पार्टी र जनताप्रतिको महत्त्वपूर्ण दायित्वका रूपमा लिएको उल्लेख गर्दै सबैको विश्वास र भरोसालाई सधैँ सम्मान गर्ने बताएका छन्।
हमालको निर्विरोध चयनलाई क्षेत्रीय संगठनलाई थप एकताबद्ध, गतिशील र जनमुखी बनाउने अवसरका रूपमा हेरिएको छ।