Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले वरिष्ठ नेता भण्डारी चीन भ्रमणमा जाँदै, ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्ने


६, कात्तिक २०८३
  • 72
    SHARES
  • एमाले वरिष्ठ नेता भण्डारी चीन भ्रमणमा जाँदै, ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्ने

    काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने भएकी छन्। सक्रिय राजनीतिमा पुनरागमन गरेपछि उनको यो पहिलो विदेश भ्रमण हो। चीनको हेबेई प्रान्तस्थित सियोङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन उनी चीन जान लागेकी हुन्।

    भण्डारीले उक्त फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन्। बदलिँदो विश्व राजनीतिक परिवेश र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल हुने उक्त कार्यक्रममा उनको सहभागितालाई चासोका साथ हेरिएको छ।

    चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) को आयोजनामा हुने फोरममा विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुनेछन्। आयोजक संस्थाका अनुसार ग्लोबल साउथ, युरोप र अमेरिकालगायत क्षेत्रका करिब १०० देशका प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाउने निश्चित भएको छ।

    फोरममा बदलिँदो विश्व व्यवस्थाबीच अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउने, विश्वव्यापी शासन प्रणालीमा सुधार गर्ने तथा साइबर क्षेत्र र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौतीबारे छलफल हुनेछ। साथै, कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित प्रयोग र त्यससम्बन्धी विश्वव्यापी नीतिगत व्यवस्थाका विषयले पनि कार्यक्रममा प्राथमिकता पाउनेछन्।

    पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमण सक्रिय राजनीतिमा फर्किएपछिको पहिलो विदेश भ्रमण भएकाले राजनीतिक वृत्तमा समेत चासोको विषय बनेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै उनले विश्वव्यापी शासन, सहकार्य र प्रविधिसम्बन्धी समसामयिक मुद्दामा आफ्नो धारणा राख्ने अवसर पाउनेछिन्।

  • चार दशक कांग्रेसमा बिताएका पुरीको विद्रोह : गगन नेतृत्वप्रति असन्तुष्टि, प्रचण्डप्रति भरोसा

    व्यक्तिवाद र राजनीतिक दाउपेचले पार्टी चल्दैन भन्दै कांग्रेस छाडेका रिखीरामपुरी नेकपाको केन्द्रीय सदस्यमा; जनअधिकार, सङ्घीयता

  • बाँके क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित

    बाँके । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा राजकुमार

  • चुकेको दिन सभापतिबाट हटाउनुहोस्, व्यक्ति पार्टीभन्दा ठूलो होइन : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूबाट गल्ती भए पार्टीले सभापति पदबाट हटाएर अघि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend