Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी आरोही मृत फेला


८, कात्तिक २०८३
  • 74
    SHARES
  • गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी आरोही मृत फेला

    काठमाडौं । मनाङस्थित गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोही मृत फेला परेका छन्। सात हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमाल आरोहणमा गएका हिदेसुके तानेइशी र तेत्सु हाशिमोतोको शव शुक्रबार फेला परेको हो।

    प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार ङिस्याङ गाउँपालिका–६ स्थित हिमाल आरोहणका क्रममा उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए। काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित आरोहणमा गएका उनीहरूसँग करिब सात हजार ५० मिटरको उचाइबाट सम्पर्क विच्छेद भएको थियो।

    सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परे पनि तत्काल उनीहरूको अवस्था पत्ता लाग्न सकेको थिएन।

    प्रमुख जिल्ला अधिकारी खनालका अनुसार लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटरको उचाइमा दुवै आरोहीको शव फेला परेको हो।

    फेला परेका शव काठमाडौं पठाउने तयारी भइरहेको जनाइएको छ। आवश्यक परीक्षणपछि नेपालस्थित जापानी राजदूतावाससँग समन्वय गरी शव परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी खनालले बताए।

    हिमाली क्षेत्रमा प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण आरोहण तथा उद्धार कार्य चुनौतीपूर्ण हुने गरेको छ। गङ्गापूर्ण हिमालमा दुई विदेशी आरोहीको मृत्युले उच्च हिमाली क्षेत्रमा आरोहणका क्रममा अपनाउनुपर्ने सुरक्षा सतर्कताको महत्त्वलाई पुनः उजागर गरेको छ।

  • भारतसँगको सम्बन्धमा तीन दलका तीन दृष्टिकोण, राष्ट्रिय हितमा एकमत हुनुपर्नेमा जोड

    काठमाडौं । भारतसँगको सम्बन्ध र नेपालको परराष्ट्र नीतिबारे नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

  • तिहारअघि नै स्याफ्रुबेँसीमा बेलिब्रिज सञ्चालन गर्ने लक्ष्य, चौबिसै घण्टा काम

    रसुवा । भोटेकोशीको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवाको स्याफ्रुबेँसी क्षेत्रमा सवारी आवागमन सहज बनाउन

  • बाँकेको राप्तीसोनारीमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

    नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका१ सौरीस्थित पूर्वपश्चिम राजमार्गमा दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend