Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फ्रान्समा महँगीविरुद्ध देशव्यापी प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन


८, कात्तिक २०८३
  • 68
    SHARES
  • फ्रान्समा महँगीविरुद्ध देशव्यापी प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन

    काठमाडौं । महँगी, बढ्दो जीवनयापन खर्च र सरकारी सेवा कटौतीविरुद्ध फ्रान्समा शनिबार देशव्यापी प्रदर्शनको तयारी गरिएको छ। गत साता प्रदर्शनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीपछि सम्भावित हिंसा नियन्त्रण गर्न सरकारले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ।

    प्रदर्शनलाई लक्षित गर्दै विशेष प्रहरी टोली, करिब २० वटा बख्तरबन्द गाडी र पानीको फोहोरा प्रहार गर्ने १५ वटा सवारीसाधनसमेत परिचालन गरिने जनाइएको छ। गत शनिबारको प्रदर्शनका क्रममा विभिन्न पसलमा तोडफोड र लुटपाट हुनुका साथै सवारीसाधनमा आगजनी भएको थियो। घटनासँग सम्बन्धित दुई हजार सात सयभन्दा बढी व्यक्ति पक्राउ परिसकेको विवरण सार्वजनिक भएको छ।

    सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै पेरिससहित विभिन्न सहरमा रातिको निषेधाज्ञा र मानिसहरूको जमघटमा प्रतिबन्ध लगाइएको छ। पेरिसस्थित प्रसिद्ध लुभ्र सङ्ग्रहालय बन्द रहनेछ भने पेरिस सेन्ट जर्मेन र लियोनबीचको फुटबल खेल पनि स्थगित गरिएको छ। केही सहरमा सार्वजनिक यातायात सञ्चालनमा समेत प्रतिबन्ध लगाइएको छ।

    विद्यालयको कमजोर अवस्थाविरुद्ध सुरु भएको आन्दोलन पछिल्लो समय महँगी, बढ्दो जीवनयापन खर्च र सरकारी सुविधामा कटौतीको विरोधमा विस्तार भएको हो। राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग भेट गरेका थिए। तर, प्रदर्शनमा प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति विद्यार्थी सङ्गठनहरूले असन्तुष्टि जनाएका छन्।

    सरकारी अनुमानअनुसार गत साताको प्रदर्शनमा कम्तीमा तीन हजार पसलमा क्षति पुगेको वा लुटपाट भएको थियो। राजधानी पेरिसमा सुपरमार्केट, विद्युतीय सामानका पसल, बैंक तथा महँगा सामान बिक्री गर्ने केन्द्रहरू निशानामा परेका थिए। अन्य सहरमा पनि पसल, सार्वजनिक संरचना र ऐतिहासिक भवनमा क्षति पुगेको जनाइएको छ।

    हिंसाबाट प्रभावित व्यवसायीलाई राहत दिन प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले कर छुट र आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। सरकारले पुनः हिंसा भड्किए अन्य क्षेत्रमा समेत निषेधाज्ञा लगाउन सकिने चेतावनी दिएको छ।

    यता, विपक्षी नेताहरूले भने शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। महँगी र सरकारी सेवा कटौतीविरुद्धको आन्दोलनले थप उग्र रूप लिने हो वा सुरक्षा व्यवस्थाका बीच शान्तिपूर्ण रूपमा अघि बढ्ने हो भन्ने विषयमा फ्रान्समा चासो बढेको छ।

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • फ्रान्समा हिंसा नियन्त्रण गर्न प्रहरीसँगै सेना परिचालन गरिने

    पेरिस। फ्रान्स सरकारले प्रदर्शनका क्रममा भएको हिंसा, लुटपाट र तोडफोड नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै

  • फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, २ हजार ४ सय पक्राउ

    पेरिस । महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवामा आएको गिरावटविरुद्ध फ्रान्समा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend