Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काङ्ग्रेसका तीन उपसभापति लुम्बिनीका, महामन्त्रीमा धक्का; सहमहामन्त्रीमा दुई सफलता


३०, असोज २०८३
  • 687
    SHARES
  • काङ्ग्रेसका तीन उपसभापति लुम्बिनीका, महामन्त्रीमा धक्का; सहमहामन्त्रीमा दुई सफलता

    पदमा लुम्बिनीको बलियो उपस्थिति, तर कांग्रेसको रूपान्तरण र गुटबन्दी अन्त्य गर्ने परीक्षा नयाँ नेतृत्वकै काँधमा।

    काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले लुम्बिनी प्रदेशलाई उपसभापतिमा तीन नेताको जित दिलाएको छ। अर्घाखाँचीकी पुष्पा भुसाल, नवलपरासीका विनोदकुमार चौधरी र गुल्मीका डा. चन्द्रकान्त  भण्डारी उपसभापतिमा निर्वाचित हुनु प्रदेशका लागि गौरवको विषय हो।

    सहमहामन्त्रीमा दाङका योगेन्द्र चौधरी र रोल्पाका मनोजमणि आचार्यको विजयले पनि लुम्बिनीको प्रतिनिधित्व थप बलियो बनाएको छ। तर, महामन्त्रीमा लुम्बिनी प्रदेश कांग्रेसका सभापति अमरसिंह पुनको पराजयले प्रदेशको राजनीतिक प्रभाव र संगठनात्मक शक्तिबारे प्रश्न उठाएको छ। पदाधिकारीमा उल्लेखनीय सफलता पाए पनि सबै पदमा प्रभाव विस्तार गर्न नसक्नु लुम्बिनीका लागि मिश्रित परिणाम हो।

    पदको जितसँगै जिम्मेवारीको परीक्षा

    पुष्पा भुसालको विजयले अर्घाखाँची, विनोद चौधरीको सफलताले नवलपरासी र डा. चन्द्र भण्डारीको जितले गुल्मीको राजनीतिक प्रतिनिधित्वलाई राष्ट्रिय तहमा स्थापित गरेको छ। तर, पद प्राप्त गर्नु मात्रै उपलब्धि होइन; त्यसलाई पार्टीको नीति, संगठन सुदृढीकरण र कार्यकर्ताको हितमा उपयोग गर्नु वास्तविक सफलता हो।

    महामन्त्रीमा अमरसिंह पुनको पराजयलाई पनि केवल चुनावी हारका रूपमा मात्र हेर्न मिल्दैन। यसले पार्टीभित्रको शक्ति सन्तुलन, आन्तरिक समीकरण र संगठनात्मक प्रभावबारे समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको छ।

    गुटको स्वार्थ कि समग्र कांग्रेसको हित?

    विशेष महाधिवेशनले परिवर्तन, सुधार र जवाफदेहिताको अपेक्षा जगाएको छ। अब नयाँ नेतृत्वले ती अपेक्षालाई व्यवहारमा उतार्न सक्छ कि सक्दैन भन्ने नै मुख्य प्रश्न हो।

    नेतृत्वमा पुगेका नेताहरू व्यक्तिगत स्वार्थ र गुटगत घेराबन्दीमै केन्द्रित हुन्छन् कि समग्र कांग्रेसजनको भावना, पार्टीको एकता र संगठनको हितमा उभिन्छन्-यसको जवाफ भने आगामी कार्यशैलीले दिनेछ।

    लुम्बिनीले तीन उपसभापति र दुई सहमहामन्त्री पाउनु राजनीतिक उपलब्धि हो। तर, पदको संख्या होइन, नेतृत्वको सोच, व्यवहार र योगदानले त्यस उपलब्धिको वास्तविक मूल्य निर्धारण गर्नेछ।

    अब हेर्न बाँकी छ-नयाँ नेतृत्वले कांग्रेसलाई गुटको घेराबाट बाहिर निकालेर एकताबद्ध, जिम्मेवार र परिवर्तनमुखी पार्टी बनाउँछ कि पुरानै राजनीतिक प्रवृत्तिलाई निरन्तरता दिन्छ? यही नै कांग्रेसको नयाँ नेतृत्वको वास्तविक परीक्षा हो।

  • भारतसँगको सम्बन्धमा तीन दलका तीन दृष्टिकोण, राष्ट्रिय हितमा एकमत हुनुपर्नेमा जोड

    काठमाडौं । भारतसँगको सम्बन्ध र नेपालको परराष्ट्र नीतिबारे नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

  • तिहारअघि नै स्याफ्रुबेँसीमा बेलिब्रिज सञ्चालन गर्ने लक्ष्य, चौबिसै घण्टा काम

    रसुवा । भोटेकोशीको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवाको स्याफ्रुबेँसी क्षेत्रमा सवारी आवागमन सहज बनाउन

  • गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी आरोही मृत फेला

    काठमाडौं । मनाङस्थित गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोही मृत फेला परेका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend