Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निजी क्षेत्र बलियो भए मात्रै राज्य समृद्ध हुन्छ : सभामुख अर्याल


१०, कात्तिक २०८३
  • 64
    SHARES
  • निजी क्षेत्र बलियो भए मात्रै राज्य समृद्ध हुन्छ : सभामुख अर्याल

    पोखरा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रको विकासबिना मुलुकको आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् । पोखराका पर्यटन व्यवसायीसँगको भेटमा उनले विप्रेषणमा मात्रै निर्भर नभई पर्यटन, उद्योग र व्यवसायको विकासमा जोड दिनुपर्ने बताए ।

    “निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको सरकारसँग हुटहुटी छ,” उनले भने । पर्यटन क्षेत्रले रोजगारी सिर्जना र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै उनले पर्यटनसम्बन्धी कानुन निर्माणमा व्यवसायीका सुझाव समेटिने बताए ।

    भेटका क्रममा पोखरा पर्यटन परिषद्ले दिगो पर्यटन विकासका लागि १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । परिषद्ले पोखरा–दुबई उडानलाई दिगो बनाउन, नेपाल वायुसेवा निगममार्फत अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न, विमानस्थलबाटै श्रम स्वीकृतिलगायत सेवा उपलब्ध गराउन तथा लेकसाइडका व्यवसायलाई करमा सहुलियत दिन माग गरेको छ ।

    रत्नमन्दिरलाई सङ्ग्रहालयका रूपमा खुला गर्न र फेवातालको जलाधार क्षेत्र संरक्षण गर्न पनि परिषद्ले आग्रह गरेको छ ।

    ध्यानाकर्षणपत्र बुझ्दै सभामुख अर्यालले व्यवसायीका जायज माग सम्बोधनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

  • ग्यास किन्दा भ्याट बिल अनिवार्य, उपभोक्ता ठगी रोक्न निगमको निर्देशन

    काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट

  • ग्यास किन्दा भ्याट बिल अनिवार्य, उपभोक्ता ठगी रोक्न निगमको निर्देशन

    काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट

  • साइबर सुरक्षा जोखिमपछि सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा, एक हजारभन्दा बढी सेवा सुचारु

    काठमाडौँ । पीएचपी प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको सुरक्षा कमजोरीका कारण अवरुद्ध भएका नेपालका सरकारी वेबसाइट तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend