Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसले गुमाएको विश्वास फर्काउन घरदैलो अभियानमा जुट्नुस् : गगन थापा


१०, कात्तिक २०८३
  • 51
    SHARES
  • कांग्रेसले गुमाएको विश्वास फर्काउन घरदैलो अभियानमा जुट्नुस् : गगन थापा

    स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको जनविश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् ।

    स्याङ्जाको पुतलीबजारमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सभापति थापाले कांग्रेसले गुमाएको मतभन्दा पनि विश्वास महत्त्वपूर्ण रहेको उल्लेख गर्दै जनताको विश्वास जित्न सके मत स्वतः प्राप्त हुने बताएका हुन् ।

    “कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,” उनले भने, “विश्वास पुनःस्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ ।”

    थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका मतदातासँग प्रत्यक्ष संवाद गर्न, उनीहरूका गुनासा सुन्न र कांग्रेसमा आएको परिवर्तनबारे जानकारी गराउन नेता तथा कार्यकर्तालाई आग्रह गरे । वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर जनताको विश्वास जित्ने अभियानमा लाग्नुपर्ने उनको भनाइ थियो ।

    १५औँ महाधिवेशनपछि पार्टीभित्र परिवर्तन आएको उल्लेख गर्दै सभापति थापाले त्यसको सन्देश जनताको घरदैलोसम्म पुर्‍याउन आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

    उनले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा बुझ्नुपर्ने बताउँदै जिम्मेवारी प्राप्त गर्ने वा नगर्ने विषयलाई हारजितसँग जोड्न नहुने स्पष्ट पारे । पार्टीभित्र सबैको समान हैसियत रहेको उल्लेख गर्दै उनले व्यक्तिगत प्रतिस्पर्धाभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

    सभापति थापाको भनाइले कांग्रेसको आगामी राजनीतिक अभियानमा मतदाता आकर्षित गर्नुभन्दा पहिले पार्टीप्रतिको विश्वास पुनःस्थापित गर्ने रणनीतिलाई प्राथमिकता दिइएको सङ्केत गरेको छ ।

  • कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते, सानेपामा दिउँसो २ बजे

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले कात्तिक १२ गते शपथ

  • चार दशक कांग्रेसमा बिताएका पुरीको विद्रोह : गगन नेतृत्वप्रति असन्तुष्टि, प्रचण्डप्रति भरोसा

    व्यक्तिवाद र राजनीतिक दाउपेचले पार्टी चल्दैन भन्दै कांग्रेस छाडेका रिखीरामपुरी नेकपाको केन्द्रीय सदस्यमा; जनअधिकार, सङ्घीयता

  • एमाले वरिष्ठ नेता भण्डारी चीन भ्रमणमा जाँदै, ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्ने

    काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने भएकी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend