Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दोस्रोपटक एसिया कपमा छनोट नेपाली टोलीलाई क्यानको ३० लाख पुरस्कार


१०, कात्तिक २०८३
  • 74
    SHARES
  • दोस्रोपटक एसिया कपमा छनोट नेपाली टोलीलाई क्यानको ३० लाख पुरस्कार

    काठमाडौँ । दोस्रोपटक एसिया कपमा छनोट भएर नेपाली क्रिकेटको इतिहासमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

    आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि गौरवपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीको हौसला बढाउन पुरस्कार घोषणा गरिएको जानकारी दिए।

    सीमित स्रोतसाधन र न्यून पारिश्रमिकका बाबजुद नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको अध्यक्ष चन्दले बताए। खेलाडीलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन प्रतियोगिता आयोजना तथा प्रायोजनमार्फत विभिन्न प्रयास भइरहेको उनको भनाइ छ।

    अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सरकारले घोषणा गरेका पुरस्कारसमेत समयमै उपलब्ध गराउन आग्रह गरे। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्ष कायम राख्नु र दोस्रोपटक एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण सफलता भएको उनले बताए।

    नेपाली टोली एकदिवसीय विश्वकपमा सहभागी हुने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गर्दै उनले क्रिकेटको विकासका लागि खेलाडीलाई प्रोत्साहन र आवश्यक सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

    यसैबीच, नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणबारे चर्चा गर्दै अध्यक्ष चन्दले प्रतियोगिता क्रमशः व्यवस्थित, व्यावसायिक र आकर्षक बन्दै गएको बताए। अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायत आधुनिक प्रविधिको प्रयोग तथा आर्थिक गतिविधिको विस्तारले एनपीएललाई नेपाली क्रिकेटको महत्त्वपूर्ण ब्रान्डका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको उनको भनाइ छ।

    एसिया कपमा छनोटसँगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको छ। क्यानले घोषणा गरेको पुरस्कारले खेलाडीको मनोबल बढाउनुका साथै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

  • एनपीएलको उद्घाटनमै लुम्बिनीको धमाका, सुदूरपश्चिम ८ विकेटले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले

  • आजदेखि एनपीएलको रौनक, उद्घाटनमा लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्दै

    काठमाडौँ । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौँमा

  • एनपीएलमा कर्णाली याक्सको ‘पावर’ बढाउन पाकिस्तानी कप्तान फरहान काठमाडौंमा

    काठमाडौं । पाकिस्तानको टी२० राष्ट्रिय टोलीका कप्तान तथा आक्रामक ब्याटर साहिबजादा फरहान नेपाल प्रिमियर लिग

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend