Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनकपुरविरुद्ध कर्णालीले बनायो १३२ रन, जितका लागि १३३ को लक्ष्य


११, कात्तिक २०८३
  • 61
    SHARES
  • जनकपुरविरुद्ध कर्णालीले बनायो १३२ रन, जितका लागि १३३ को लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो । कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे ।

    कर्णालीको सुरुवात भने कमजोर रह्यो । मार्क वाट एक रनमै आउट भएपछि चार रनमा पहिलो विकेट गुमाएको कर्णालीले १८ रन पुग्दा दोस्रो विकेट पनि गुमायो । राहुल यादवले पहिलो बलमै दीपक डुम्रेलाई आउट गरेका थिए । डुम्रेले १३ रन बनाए । कर्णालीले ३७ रन जोड्दा हुसेन तलत तीन रनमा आउट भएपछि टोली दबाबमा परेको थियो ।

    त्यसपछि अरिफुल इस्लाम र पवन सर्राफले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे । पवनले ३७ बलमा ३७ रन बनाए । अरिफुल र पवन आउट भएपछि कर्णालीको रन गति फेरि सुस्ताएको थियो ।

    अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झा १२ रन बनाएर आउट भए । नन्दन यादवले नौ रन बनाए भने युवराज खत्री र युनिश ठकुरी अविजित रहे ।

    जनकपुरका बलरमध्ये कप्तान हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए । मोइन अली र राहुल यादवले दुई–दुई तथा ललित राजवंशीले एक विकेट लिए ।

    कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले जितका लागि अब १३३ रन बनाउनुपर्नेछ ।

  • चितवन राइनोजको खेल हेर्न समर्थकलाई निःशुल्क बस, टिकट काटेका दर्शकलाई काठमाडौँ लैजाँदै

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न चितवन राइनोजले

  • वर्षाले रोकिएको खेल ५ ओभरमा झारियो, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

    काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र

  • एनपीएलको उद्घाटनमै लुम्बिनीको धमाका, सुदूरपश्चिम ८ विकेटले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend