काठमाडौं । लगातारको वर्षाका कारण प्रभावित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत सुदूरपश्चिम रोएल्स र विराटनगर किंग्सबीचको खेल ५–५ ओभरमा सीमित गरिएको छ।
निर्धारित समयमा वर्षाका कारण खेल सुरु हुन नसकेपछि आयोजकले ओभर घटाएर खेल सञ्चालन गर्ने निर्णय गरेको हो। नयाँ तालिकाअनुसार दुवै टोलीले पाँच–पाँच ओभर ब्याटिङ गर्नेछन् भने पावरप्ले १.३ ओभरको हुनेछ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ ५ बजेका लागि निर्धारित खेलको टस भने अझै हुन सकेको छैन।
छोट्याइएको खेलमा दुवै टोलीलाई सीमित ओभरमा अधिकतम रन जोड्ने चुनौती हुनेछ। यस्तो अवस्थामा आक्रामक ब्याटिङ र प्रभावकारी बलिङले खेलको नतिजा निर्धारण गर्ने अपेक्षा गरिएको छ।