Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’


१७, कात्तिक २०८३
  • 53
    SHARES
  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी गर्दै बाँकी रहेका सैन्य लक्ष्यसमेत १० मिनेटमै ध्वस्त पार्न सक्ने चेतावनी दिएका छन्।

    फ्लोरिडास्थित आफ्नो निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही गर्न अमेरिका हतारमा नरहेको बताए। उनले इरानसँग युद्ध अन्त्यका लागि भइरहेको वार्ता सहज रूपमा अघि बढिरहेको उल्लेख गरे पनि इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गरे।

    ट्रम्पले इरानको आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्‍याइसकेको दाबी गर्दै अझै एक–दुई महत्त्वपूर्ण लक्ष्य बाँकी रहेको बताए। विशेषगरी इरानको संदिग्ध भूमिगत आणविक केन्द्र मानिएको ‘पिक्याक्स माउन्टेन’ पनि अमेरिकी निशानामा रहेको उनको भनाइ छ। यद्यपि इरानले उक्त स्थानमा आणविक गतिविधि भइरहेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानमाथि थप आक्रमण गर्ने निर्णय राष्ट्रपति ट्रम्पले गरिनसकेको बताएका छन्। उनका अनुसार अमेरिका अझै कूटनीतिक समाधानको पक्षमा छ।

    तर इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले अमेरिका र इजरायललाई पुनः आक्रमण नगर्न कडा चेतावनी दिएका छन्। शनिबार उच्च सैन्य कमाण्डरहरूसँगको बैठकमा उनले कुनै पनि प्रकारको धम्कीको तत्काल र प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन्। साथै अमेरिकी तथा इजरायली लक्ष्यहरूको सूची अद्यावधिक गर्नसमेत आदेश दिएका छन्।

    आफ्ना पिता आयतुल्लाह अली खामेनी अमेरिका–इजरायलको आक्रमणमा मारिएपछि मार्चमा सर्वोच्च नेता बनेका मोज्ताबा पहिलोपटक उच्च सैन्य अधिकारीहरूसँगको बैठकमा सार्वजनिक रूपमा देखिएको रिपोर्ट आएको हो।

    हर्मुज जलमार्गको नाकाबन्दीले विश्व अर्थतन्त्रमा दबाब

    युद्धका कारण विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्गमा जहाज आवागमन प्रभावित भएको छ। युद्धअघि विश्वभर खपत हुने तेल तथा इन्धनको करिब पाँच भागको एक भाग यही मार्गबाट ढुवानी हुने गरेको थियो।

    इरानले हर्मुज जलमार्गमा नाकाबन्दी जारी राख्नुका साथै समुद्री केबल काट्न सक्ने चेतावनीसमेत दिएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढाएको छ भने विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता सिर्जना गरेको छ।

    ऊर्जा मूल्यमा भएको वृद्धिले अमेरिकी उपभोक्तामाथि आर्थिक दबाब बढाएको छ। आगामी मध्यावधि चुनावको पूर्वसन्ध्यामा युद्धप्रति अमेरिकी जनताको असन्तुष्टि बढ्न सक्ने आकलन गरिएको छ।

    वार्ताको प्रयास जारी, तर इरान आफ्ना सर्तमा अडिग

    युद्ध पुनः सुरु हुन नदिन कतार र पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेका छन्। कतारका मध्यस्थकर्ताहरू शुक्रबार तेहरान पुगेका थिए भने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईलाई नयाँ प्रस्तावसहित पत्र पठाएका छन्।

    रेजाईले अमेरिकी प्रस्ताव प्राप्त भएको पुष्टि गर्दै त्यसको जवाफ दिइनसकेको बताएका छन्। अमेरिकी पक्षको व्यवहार र अभिव्यक्तिमा परिवर्तन आएको भन्दै उनले यसलाई सकारात्मक सङ्केतका रूपमा व्याख्या गरेका छन्।

    तर इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी अधिकारीहरूसँग तत्काल बैठकको कुनै योजना नरहेको स्पष्ट पारेका छन्। इरानका सर्तबारे मध्यस्थकर्ताहरूमार्फत छलफल भइरहेको उनको भनाइ छ।

    इरानले आफ्ना माग पूरा नभएसम्म हर्मुज जलमार्गको नाकाबन्दी नहटाउने अडान लिएको छ। अर्कोतर्फ इरानी सैन्य प्रवक्ता मोहम्मद अक्रामिनियाले पुनः युद्ध सुरु भए त्यसको प्रभाव सीमित क्षेत्रमा मात्र नरहने चेतावनी दिएका छन्।

    यसरी एकातिर अमेरिकाले सैन्य विकल्प खुला राखेको छ भने अर्कोतर्फ इरानले कुनै पनि नयाँ आक्रमणको व्यापक प्रतिकार गर्ने चेतावनी दिएको छ। कूटनीतिक प्रयास जारी रहे पनि दुवै पक्षका कठोर अडानले मध्यपूर्वमा पुनः ठूलो सैन्य टकरावको जोखिम कायमै राखेको छ।

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • फ्रान्समा महँगीविरुद्ध देशव्यापी प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन

    काठमाडौं । महँगी, बढ्दो जीवनयापन खर्च र सरकारी सेवा कटौतीविरुद्ध फ्रान्समा शनिबार देशव्यापी प्रदर्शनको तयारी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend