Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबीच नयाँ भारतीय राजदूत दलेला काठमाडौंमा


१८, कात्तिक २०८३
  • 55
    SHARES
  • प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबीच नयाँ भारतीय राजदूत दलेला काठमाडौंमा

    काठमाडौं। नेपाल र भारतबीच उच्चस्तरीय कूटनीतिक भेटवार्ताको तयारी भइरहेका बेला नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन् ।

    मंगलबार काठमाडौं आइपुगेका दलेलाले अब औपचारिक रूपमा आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्नेछन् । भारत सरकारले उनलाई नेपालका लागि राजदूत नियुक्त गर्नुअघि नेपाल सरकारबाट आवश्यक सहमति (एग्रिमो) प्राप्त गरेको थियो ।

    यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी भारत फर्किएपछि उनको स्थानमा दलेला नियुक्त भएका हुन् ।

    सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलासँग लामो कूटनीतिक अनुभव छ । उनले इजरायलबाट आफ्नो कूटनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी भुटानका लागि भारतीय राजदूतसमेत रहिसकेका छन् ।

    यसअघि सन् २०२५ सेप्टेम्बरदेखि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा रहेका दलेलालाई नेपालसँगको सम्बन्ध र क्षेत्रीय कूटनीतिक मामिलाको राम्रो अनुभव भएको अधिकारीका रूपमा हेरिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला नयाँ राजदूतको आगमनलाई विशेष चासोका साथ हेरिएको छ । उनको नियुक्तिसँगै नेपाल–भारतबीचको आगामी कूटनीतिक संवाद, उच्चस्तरीय भ्रमण र द्विपक्षीय सम्बन्धका विषयले थप गति लिने अपेक्षा गरिएको छ ।

  • १८ दिनपछि आज बस्दै मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजेका लागि बोलाइयो

    काठमाडौं । लामो समयको अन्तरालपछि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले

  • काठमाडौंमा अवैध रूपमा बस्दै आएका पाँच बंगलादेशी पक्राउ, १४ थान राहदानी र आर्थिक कारोबारका डायरी बरामद

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अनुमति बिना लुकिछिपी बस्दै आएका पाँच जना बंगलादेशी नागरिकलाई सशस्त्र

  • सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

    काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend