काठमाडौं । लामो समयको अन्तरालपछि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । यसअघि गत असोज ३० गते मन्त्रिपरिषद्को बैठक बसेको थियो । त्यसयता १८ दिनपछि आज बैठक बस्न लागेको हो ।
आजको बैठकमा सरकारका नियमित कामकारबाही तथा विभिन्न प्रशासनिक र नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।