Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काठमाडौंमा अवैध रूपमा बस्दै आएका पाँच बंगलादेशी पक्राउ, १४ थान राहदानी र आर्थिक कारोबारका डायरी बरामद


१८, कात्तिक २०८३
  • 47
    SHARES
  • काठमाडौंमा अवैध रूपमा बस्दै आएका पाँच बंगलादेशी पक्राउ, १४ थान राहदानी र आर्थिक कारोबारका डायरी बरामद

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अनुमति बिना लुकिछिपी बस्दै आएका पाँच जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी तथा ठूलो आर्थिक कारोबारको विवरण उल्लेख गरिएका दुई थान डायरी बरामद भएपछि घटनामाथि थप अनुसन्धान अघि बढाइएको छ।

    सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्यूरो र नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह र बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।

    सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी फेला परेका थिए। त्यसैगरी, ठूलो परिमाणमा आर्थिक कारोबार भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद गरिएको छ।

    पक्राउ परेका जाहिंगिर आलमविरुद्ध एक जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत विचाराधीन रहेको खुलेको छ।

    प्रहरीले पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ। बरामद राहदानी, आर्थिक कारोबारका विवरण तथा उनीहरूको गतिविधिबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

    अनुमतिबिना बसोबास, एकै कोठाबाट धेरै व्यक्तिका राहदानी बरामद र अपहरणसम्बन्धी मुद्दासमेत जोडिएपछि यो घटनालाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको छ।

  • प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबीच नयाँ भारतीय राजदूत दलेला काठमाडौंमा

    काठमाडौं। नेपाल र भारतबीच उच्चस्तरीय कूटनीतिक भेटवार्ताको तयारी भइरहेका बेला नेपालका लागि भारतका नवनियुक्त राजदूत

  • १८ दिनपछि आज बस्दै मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजेका लागि बोलाइयो

    काठमाडौं । लामो समयको अन्तरालपछि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले

  • सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

    काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend