Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

त्रिवेणी सहकारीको एक वर्षमै राज्यलाई १२ लाख बढी योगदान, शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश


१८, कात्तिक २०८३
  • 59
    SHARES
  • त्रिवेणी सहकारीको एक वर्षमै राज्यलाई १२ लाख बढी योगदान, शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश

    अर्घाखाँची। अर्घाखाँचीको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा राज्यलाई विभिन्न सात शीर्षकमा १२ लाख २० हजार २६५ रुपैयाँ योगदान गरेको छ। संस्थाले आफ्ना शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश वितरण गर्नुका साथै ऋणी र नियमित बचतकर्तालाई समेत बोनस प्रदान गरेको छ।

    शनिबार सन्धिखर्कमा सम्पन्न संस्थाको १५औँ वार्षिक साधारणसभाले आर्थिक प्रतिवेदन, वार्षिक कार्यक्रम तथा आगामी योजनाहरू पारित गर्दै १ हजार २५८ जना शेयर सदस्यलाई कुल २१ लाख २० हजार ४४६ रुपैयाँ शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोषबाट वितरण गर्ने निर्णय गरेको हो।

    संस्थाका अनुसार संरक्षित पुँजी फिर्ता कोषबाट ऋणको ब्याज नियमित बुझाउने सदस्यलाई ६ लाख ५६ हजार र मासिक बचतकर्तालाई ४ लाख ३८ हजार रुपैयाँ बोनस वितरण गरिएको छ। त्यस्तै, राज्यलाई बुझाइएको कुल रकममध्ये ६ लाख ४५ हजार ४१४ रुपैयाँ आयकर रहेको छ।

    २०६८ सालमा स्थापना भएको त्रिवेणी सहकारीले बचत तथा कर्जा कारोबारसँगै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सदस्यको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थामा हाल १ हजार २५८ शेयर सदस्य र २९२ बाल सदस्य आबद्ध छन्। २२ करोड रुपैयाँभन्दा बढी पुँजी र २ करोड ३९ लाख रुपैयाँको जगेडा कोष रहेको संस्थाले जनाएको छ।

    सदस्यलाई थप सहुलियत दिने उद्देश्यले संस्थाले कर्जा लगानीमा लिँदै आएको ५० रुपैयाँ निवेदन दस्तुर र ऋण रकमको ०.२५ प्रतिशत सेवा शुल्कसमेत कात्तिक १ गतेदेखि मिनाहा गरेको छ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवाको भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोगसमेत गरेको अध्यक्ष कमलप्रसाद घिमिरेले जानकारी दिनुभयो।

    पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा योगदान गर्नेलाई सम्मान

    साधारणसभाको अवसरमा त्रिवेणी पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार राम खड्का सम्मानित हुनुभएको छ। त्यस्तै, एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका चार सन्तानलाई त्रिवेणी शिक्षा पुरस्कार प्रदान गरिएको छ।

    ज्येष्ठ नागरिक सम्मान, असल ऋणी सम्मान, पहिलो मालिक कार्यक्रम तथा सबैभन्दा बढी नयाँ शेयर सदस्य थप्न योगदान गर्ने सरिता वली क्षेत्रीलाई पनि सम्मान गरिएको छ।

    सभाले अध्यक्ष घिमिरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिव बेल्वासेको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रामलाल भुसालको प्रतिवेदन सुझावसहित पारित गरेको छ।

    पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या र बचतकर्ताको बढ्दो चिन्ताबीच त्रिवेणीका सञ्चालक तथा व्यवस्थापन पक्षले संस्थाको वित्तीय अवस्था, बचत र लगानी सुरक्षित रहेको दाबी गरेका छन्। उनीहरूले सहकारीलाई सदस्यको आर्थिक समृद्धि र सामाजिक विकासको माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    साधारणसभामा सहभागी सहकारीकर्मीले सहकारीको मूल्य, मान्यता र उद्देश्यअनुसार सञ्चालन गर्न सके व्यक्ति, परिवार, समाज हुँदै समग्र राष्ट्रको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।

  • कपिलवस्तुमा प्रहरीको दुई राउन्ड हवाई फायर, ब्राउन सुगरसहित दुई जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीलाई देखेपछि भाग्न खोजेका

  • लुम्बिनीमा मुख्यमन्त्री फेर्ने कसरतप्रति वर्षमान पुनको असन्तुष्टि, आचार्यलाई नै निरन्तरता दिन आग्रह

    रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा चुलिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा संघीय

  • अर्घा-रानीगैरामा राष्ट्रिय जनमोर्चाको सांस्कृतिक जनसभा, अध्यक्ष केसीद्वारा विदेशी हस्तक्षेप र संघीयतामाथि प्रश्न

    अर्घाखाँची l राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार अमेरिकी साम्राज्यवादको योजनाअनुसार बनेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend