Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा मुख्यमन्त्री फेर्ने कसरतप्रति वर्षमान पुनको असन्तुष्टि, आचार्यलाई नै निरन्तरता दिन आग्रह


१३, कात्तिक २०८३
  • 29
    SHARES
  • लुम्बिनीमा मुख्यमन्त्री फेर्ने कसरतप्रति वर्षमान पुनको असन्तुष्टि, आचार्यलाई नै निरन्तरता दिन आग्रह

    रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा चुलिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा संघीय सांसद वर्षमान पुन ‘अनन्त’ले वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने धारणा राखेका छन्। उनले मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटेर राजनीतिक स्थायित्व कायम गर्न र सरकार फेरबदलको प्रयास नगर्न आग्रह गरेका हुन्।

    बुधबार लुम्बिनी आएका पुनले मुख्यमन्त्री आचार्य तथा आफ्नो पार्टीबाट प्रदेश सरकारमा सहभागी नेताहरूसँग छलफल गरेका थिए। गठबन्धन निर्माणको उद्देश्य नै प्रदेश सरकारमा स्थायित्व कायम गर्नु र जनताका समस्या समाधान गर्नु भएकाले सरकार परिवर्तनको प्रयासले नकारात्मक सन्देश जाने उनको धारणा रहेको आर्थिक मामिलामन्त्री इन्द्रजित थारुले जानकारी दिए।

    थारुका अनुसार पुनले एमालेले मुख्यमन्त्री परिवर्तनको प्रक्रिया अघि बढाए नेपाली कम्युनिस्ट पार्टीले सरकारमा सहकार्य गर्न नसक्ने सङ्केत गरेका छन्। जनस्तरमा राजनीतिक दलप्रति आलोचना बढिरहेका बेला थप अस्थिरता निम्त्याउने गतिविधिमा आफ्नो पार्टी सहभागी नहुने सन्देश पुनले मुख्यमन्त्रीलाई दिएको उनले बताए।

    पुनले नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीचको सत्ता गठबन्धनको मुख्य उद्देश्य प्रदेशसभाको संरक्षण, सरकारमा स्थायित्व र जनताका गुनासा सम्बोधन गर्नु रहेको स्मरण गराएका थिए। वर्तमान मुख्यमन्त्रीलाई हटाउँदा राजनीतिक अस्थिरता बढ्ने र जनतामा गलत सन्देश जाने भन्दै उनले सकेसम्म यस्तो कदम नचाल्न आग्रह गरेको बताइएको छ।

    उनले वर्तमान सरकारलाई निरन्तरता दिँदै विकास निर्माण, मानव संशाधन विकास तथा जनताका समस्या समाधानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। राजनीतिक शक्ति संघर्षभन्दा जनताको अपेक्षाअनुसार काम गर्नु सरकारको मुख्य जिम्मेवारी हुनुपर्ने उनको धारणा छ।

    लुम्बिनी प्रदेशमा एमालेभित्र मुख्यमन्त्री परिवर्तनको विषय उठिरहेका बेला पुनको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। एमालेका नेता तथा पूर्वमुख्यमन्त्री लीला गिरीले गत साउन १४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको सहमतिअनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्।

    एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला गठबन्धनको अर्को प्रमुख घटक नेपाली कम्युनिस्ट पार्टीले भने वर्तमान सरकारको निरन्तरतामा जोड दिएको छ। यसले लुम्बिनी प्रदेशको सत्ता समीकरण र गठबन्धनको भविष्यलाई थप चासोको विषय बनाएको छ।

  • कपिलवस्तुमा प्रहरीको दुई राउन्ड हवाई फायर, ब्राउन सुगरसहित दुई जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीलाई देखेपछि भाग्न खोजेका

  • अर्घा-रानीगैरामा राष्ट्रिय जनमोर्चाको सांस्कृतिक जनसभा, अध्यक्ष केसीद्वारा विदेशी हस्तक्षेप र संघीयतामाथि प्रश्न

    अर्घाखाँची l राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार अमेरिकी साम्राज्यवादको योजनाअनुसार बनेको

  • गुल्मीमा स्कार्पियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

    गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका२ अर्बेनीस्थित दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend