Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा अन्धोपन न्यूनीकरण गर्न स्वास्थ्य सेवामा लगानी बढाइने


१८, कात्तिक २०८३
  • 37
    SHARES
  • लुम्बिनीमा अन्धोपन न्यूनीकरण गर्न स्वास्थ्य सेवामा लगानी बढाइने

    दाङ । लुम्बिनी प्रदेश सरकारले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै लगानी बढाउने भएको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आँखा उपचार सेवाको पहुँच सबै नागरिकसम्म पुर्‍याउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घले सोमबार लमहीमा आयोजना गरेको आँखा स्वास्थ्य सेवा तथा कार्बन उत्सर्जनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    मुख्यमन्त्री आचार्यले सङ्घले तयार पारेको पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनलाई समेत प्रदेश सरकारले प्राथमिकता दिने बताए । ग्रामीण तथा विपन्न समुदायसम्म गुणस्तरीय आँखा उपचार सेवा विस्तार गर्न आवश्यक लगानी र कार्यक्रम अघि बढाइने उनको भनाइ थियो ।

    नेपाल नेत्रज्योति सङ्घको अध्ययनअनुसार लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना अन्धोपनबाट प्रभावित छन् । यस उमेर समूहमा दुवै आँखाको अन्धोपनको दर १.७ प्रतिशत रहेको छ । त्यस्तै, ६/१२ भन्दा कम दृश्य तीक्ष्णता भएका दुई लाख सात हजार ९५७ जना रहेका छन् ।

    अध्ययनले विशेषगरी ग्रामीण तथा विपन्न समुदायमा आँखा उपचार सेवाको पहुँच असमान रहेको देखाएको छ । दक्ष जनशक्तिको अभाव र उपचारपछि बिरामीको नियमित अनुगमन गर्ने प्रणाली कमजोर हुनु पनि प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ ।

    यसैगरी, लुम्बिनी प्रदेशका पाँच र कर्णाली प्रदेशको एक गरी छ वटा अस्पतालमा गरिएको कार्बन उत्सर्जनसम्बन्धी अध्ययनले अस्पताललाई वातावरणमैत्री बनाउन बायोग्यास, इन्डक्सन र सौर्य ऊर्जाको प्रयोग बढाउन सुझाव दिएको छ ।

    अध्ययनले एकातिर आँखा उपचार सेवाको पहुँच र गुणस्तर विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ भने अर्कोतर्फ स्वास्थ्य संस्थालाई वातावरणमैत्री बनाउने दिशामा पनि ध्यान दिनुपर्ने देखाएको छ ।

  • चितवन निकुञ्ज घुम्न अब घरबाटै टिकट, सौराहाबाट सुरु भयो ई–टिकटिङ सेवा

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरमै बसेर अनलाइनमार्फत प्रवेश टिकट काट्न

  • पोखरा महानगरमा कांग्रेसको संस्थापन इतर पक्षको नेतृत्वमा मिलनप्रसाद तिवारी

    कास्की । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पोखरा महानगरको सभापतिमा मिलनप्रसाद तिवारीलाई चयन गरेको छ।

  • लमही ट्रमा सेन्टर सञ्चालनबारे छिट्टै निर्णय हुन्छ : मन्त्री निशा मेहता

    दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन प्रादेशिकस्तरको ट्रमा सेन्टर सञ्चालनका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend