Logo

Oct 26 2026 | २०८३, कात्तिक १०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लमही ट्रमा सेन्टर सञ्चालनबारे छिट्टै निर्णय हुन्छ : मन्त्री निशा मेहता


२३, असोज २०८३
  • 66
    SHARES
  • लमही ट्रमा सेन्टर सञ्चालनबारे छिट्टै निर्णय हुन्छ : मन्त्री निशा मेहता

    दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन प्रादेशिकस्तरको ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा छिट्टै निर्णय गरिने बताएकी छन्। बिहीबार निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गर्दै मन्त्री मेहताले निर्माण सम्पन्न भएपछि उपचार सेवा सञ्चालन गर्ने विषयमा आवश्यक निर्णय लिइने बताएकी हुन्।

    करिब २२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको ट्रमा सेन्टरको भौतिक प्रगति हालसम्म ७४ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षभित्रै भौतिक संरचना निर्माण सम्पन्न गर्ने तयारी गरिएको छ। ट्रमा सेन्टर सञ्चालनमा आएपछि दुर्घटनामा परेका तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई विशेषज्ञ सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    ट्रमा सेन्टरको निर्माण सम्पन्न भएपछि उपचार सेवा सञ्चालनका लागि संघीय सरकारले आवश्यक निर्णय गर्नुपर्ने भन्दै लुम्बिनी प्रदेश सरकारले ध्यानाकर्षण गराएको छ। प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसहित मन्त्रालयका सम्बन्धित अधिकारीहरूले ट्रमा सेन्टर सञ्चालनको प्रक्रिया अघि बढाउन संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्न पहल भइरहेको बताए।

    यसैबीच मन्त्री मेहताले बिहीबार नै लमही अस्पतालको समेत निरीक्षण गरेकी छन्। निर्माणाधीन ट्रमा सेन्टरको संरचना पूरा गरी सञ्चालनमा ल्याउन आवश्यक निर्णय र व्यवस्थापनको प्रक्रिया अघि बढेमा दाङसहित आसपासका जिल्लाका नागरिकलाई आकस्मिक तथा विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने बाटो खुल्नेछ।

  • चितवन निकुञ्ज घुम्न अब घरबाटै टिकट, सौराहाबाट सुरु भयो ई–टिकटिङ सेवा

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरमै बसेर अनलाइनमार्फत प्रवेश टिकट काट्न

  • पोखरा महानगरमा कांग्रेसको संस्थापन इतर पक्षको नेतृत्वमा मिलनप्रसाद तिवारी

    कास्की । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पोखरा महानगरको सभापतिमा मिलनप्रसाद तिवारीलाई चयन गरेको छ।

  • सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम उडानमा यात्रुको चाप, दैनिक १४ उडान

    गण्डकी । बाढीपहिरोका कारण पोखराबेनीजोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङ जाने यात्रुका लागि हवाई मार्ग एकमात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend