कास्की । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पोखरा महानगरको सभापतिमा मिलनप्रसाद तिवारीलाई चयन गरेको छ। पोखरामा आयोजित भेलाले तिवारीलाई महानगर सभापतिको जिम्मेवारी दिएको हो।
कांग्रेस नेता गंगाधर पराजुलीले तिवारीको नाम सभापतिका लागि प्रस्ताव गरेका थिए। भेलामा सहभागी नेताहरूले समर्थन गरेपछि तिवारी सभापतिमा चयन भएका हुन्।
तिवारी यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा पनि पोखरा महानगर सभापति पदका प्रत्याशी थिए। उक्त निर्वाचनमा नेता गंगाधर पराजुलीसमेत सभापतिका प्रत्याशी रहेका थिए।
यसअघि देउवा पक्षले तिवारीलाई पोखरा महानगर समितिको संयोजक तोकेको थियो। पछिल्लो चयनसँगै पोखरा महानगरमा कांग्रेसको संस्थापन इतर पक्षले आफ्नो संगठनात्मक नेतृत्व अघि सारेको छ।