Logo

Nov 04 2026 | २०८३, कात्तिक १९गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आगामी चार दिन कस्तो रहला मौसम ?


१०, कात्तिक २०८३
  • 151
    SHARES
  • आगामी चार दिन कस्तो रहला मौसम ?

    काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आगामी दिनमा मौसम क्रमशः बदली हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ भने केही क्षेत्रमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

    हाल हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि तराईका अधिकांश स्थानमा मौसम सफा रहेको छ। आज दिउँसो हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

    आज राति कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

    मङ्गलबारदेखि मौसममा बदली बढ्ने देखिएको छ। मङ्गलबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुने तथा कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। राति देशका सबै क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

    बुधबार देशभर सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना रहेको छ।

    महाशाखाका अनुसार बिहीबार मौसम थप सक्रिय हुने देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी प्रदेशका केही क्षेत्रमा वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।

    यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    मौसममा हुने सम्भावित परिवर्तनलाई ध्यानमा राख्दै वर्षा र हिमपातको सम्भावना भएका क्षेत्रमा यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्दा सतर्कता अपनाउनु उपयुक्त हुनेछ।

  • प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबीच नयाँ भारतीय राजदूत दलेला काठमाडौंमा

    काठमाडौं। नेपाल र भारतबीच उच्चस्तरीय कूटनीतिक भेटवार्ताको तयारी भइरहेका बेला नेपालका लागि भारतका नवनियुक्त राजदूत

  • १८ दिनपछि आज बस्दै मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजेका लागि बोलाइयो

    काठमाडौं । लामो समयको अन्तरालपछि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले

  • काठमाडौंमा अवैध रूपमा बस्दै आएका पाँच बंगलादेशी पक्राउ, १४ थान राहदानी र आर्थिक कारोबारका डायरी बरामद

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अनुमति बिना लुकिछिपी बस्दै आएका पाँच जना बंगलादेशी नागरिकलाई सशस्त्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend