Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘पर्यटन राजधानीको दायरा फराकिलो हुनुपर्नेमा जोड’


१३, असार २०८१
  • 185
    SHARES
  • ‘पर्यटन राजधानीको दायरा फराकिलो हुनुपर्नेमा जोड’

    गण्डकी । पर्यटन राजधानीको दायरालाई सङ्कुचनमा नराखी फराकिलो बनाउनुपर्नेमा जोड दिइएको छ । आज पोखरा महानगरपालिका सहरी योजना आयोगको आयोजना एवम् ‘युएसएआइडी टि एण्ड सी’को सहयोगमा आयोजित कार्यक्रमका सहभागीले पर्यटन राजधानीको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

    पर्यटन राजधानी पोखरामा रणनीतिक कार्ययोजनाको प्रतिवेदन मस्यौदाको प्रस्तुति र सरोकार भएकाबिच छलफलका वक्ताले दायरा फराकिलो बनाउने गरी योजना तयार गर्न सुझाव दिएका हुन् । कार्ययोजनाको प्रतिवेदन मस्यौदा प्रस्तुत गर्दै डा.प्रनिल उपाध्यायले सो सम्बन्धमा सारेकार भएकालाई सुझावका लागि आग्रह गर्नुुभएको थियो ।

    कार्यक्रमको उदघाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै यी सम्पदालाई जोगाएर सपनाको सहरका रुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो । पर्यटन राजधानीलाई सङ्कुचनमा नराखी ग्रेटर पोखराको अवधारणाका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    पोखराको पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरिएको प्रमुख आचार्यले बताउनुभयो । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशका पूर्वअध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटन राजधानीको रणनीतिक कार्ययोजना महानगरका ३३ वटा वडामा मात्रै सीमित हुन नहुनेमा जोड दिनुभयो ।

    पोखरासहित समग्र प्रदेशमा धेरै पर्यटनकीय गन्तव्यको सम्भावना रहेको बताउँदै उहाँले ती सम्भावनालाई उजागर गर्न सुझाव दिनुभयो । गण्डकी प्रदेशमा दामोदर कुण्डजस्ता धेरै धार्मिक पर्यटनका सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्दै गुरुङले ती क्षेत्रको संरक्षण र प्रवर्द्धनसँगै त्यहाँ जानका लागि सहज वातावरण तयार हुनुपर्ने धारणा राख्नुभयो । “दामोदर कुण्ड जान १० दिनका लागि पाँच सय डलर अनिवार्य तिर्नुपर्ने व्यवस्था छ”, उहाँले भन्नुभयो, “सडक सुविधा लगायतका कारण पर्यटकले उक्त अवधि छोट्याउन सक्ने भएकाले १० दिनको अनिवार्यता नगरी प्रतिदिन ५० डलर तिर्न सक्ने गरी व्यवस्था गर्नेतर्फ राज्यको ध्यान पुग्नु जरुरी छ ।”

    जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धन गरेकामा गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो । गुरुङहरुको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा-ताप्रो-क्होलासोँथर-ठूलो लेक-थुर्जु-दूध पोखरी-गुरुङ देउराली-डाँफे खर्क-तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजिएको बताउँदै उहाँले त्यसलाई पर्यटन राजधानीको रणनीतिक कार्ययोजनामा समेट्न आग्रह गर्नुभयो ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा भित्रने पर्यटकको यकिन तथ्याङ्क सङ्कलनका लागि नाकानाकामा सूचना केन्द्र राख्नुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिकाका होमस्टे व्यवस्थापन समितिका संयोजक उदय सुवेदीले शाहवंशीय इतिहासको उदगमस्थल कास्कीकोटबाट कास्की जिल्लाको पनि नामाकरण भएको बताउँदै यस्ता गन्तव्यलाई समेट्नुपर्ने धारणा राख्नुभयो । बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले कुनै पनि योजनाको सफलताका लागि सम्बद्ध सबैबीच सहकार्य र एकता जरुरी रहेको बताउनुभयो ।

    टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पदयात्रा पर्यटनको विकासका लागि पोखरा आसपासका पदमार्गलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन राजधानीको प्रवर्द्धनका लागि पहिलो हिमाल आरोहण भएको दिन ‘अन्नपूर्ण डे’ लाई क्यालेण्डरमा समेटेर जानुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । खास्टे न्युरेनी संरक्षण समितिका अध्यक्ष हरि अधिकारीले खास्टे तालमा रहेको ज्येष्ठी तालबाराही मन्दिर तथा त्यहाँ बनाउन लागिएको शिव पार्कलाई धार्मिक पर्यटनसँग जोड्न सकिने बताउनुभयो ।

    कार्यक्रममा पोखरा र आसपासका फुर्से खोला, सुरौदी खोला, खुदी खोला जस्ता जलसम्पदालाई जलपर्यटनसँग जोड्न सुझाव दिइएको थियो । पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, युएसएआइडीका प्रतिनिधि, मैदीताल मत्स्य तथा कृषि सहकारीका अध्यक्ष भरतप्रसाद तिवारी, समाजसेवी अशोक पालिखे, वामदेव ढुङ्गानालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend