Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मनाङमा एकै दिन दुई सय ८६ पर्यटक भित्रिए


१७, असोज २०८१
  • 238
    SHARES
  • मनाङमा एकै दिन दुई सय ८६ पर्यटक भित्रिए

    मनाङ । पर्यटकीय याम सुरु भएसँगै मनाङ घुम्ने पर्यटकको सङ्ख्या बढेको छ । मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ ।

    गत सेप्टेम्बर महिनामा विभिन्न ७४ देशका दुई हजार ७६५ बाह्य पर्यटक मनाङ घुम्न गएको पर्यटक सूचना केन्द्र धारापानी मनाङका भूपेन्द्र गुरुङले जानकारी दिनुभयो ।

    गुरुङका अनुसार सबैभन्दा धेरै इजरायलका ५९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो नम्बरमा चिनियाँ पर्यटक पर्छन् । उनीहरूको सङ्ख्या ३२७ रहेको छ ।

    तेस्रो नम्बरमा जर्मनी पर्यटक पर्छन् । उनीहरूको सङ्ख्या १७३ रहेको छ । त्यसै गरी चौथोमा अमेरिकी १६७ पर्यटकले मनाङ भ्रमण गरे भने पाँचौँमा अस्ट्रेलियाका पर्यटक पर्छन् । उनीहरूको सङ्ख्या १५० रहेको छ ।

    छैटौँ नम्बरमा १४३ बेलायती पर्यटकले मनाङका विभिन्न स्थानमा भ्रमण गरेका छन् । सातौँमा फ्रान्सका १२५ र आठौँमा नेदरल्यान्डका ९६ पर्यटक मनाङ प्रवेश गरेको गुरुङले जानकारी दिनुभयो ।

    त्यसैगरी मनाङ भ्रमण गर्ने देशको सूचीको नवौँमा छिमेकी मित्रराष्ट्र भारत पर्दछ जहाँबाट ९२ पर्यटक आएका थिए भने दसौँ नम्बरमा कोरियाका ९१ जनाले मनाङ भ्रमण गरे । अरू बाँकी विभिन्न देशका रहेका छन् ।

    मङ्गलबार सन् २०२४ को अहिलेसम्मकै धेरै पर्यटक २८६ जना मनाङ आइपुगेका छन् । यो हालसम्मकै एकै दिनमा मनाङ प्रवेश गर्नेको सङ्ख्या हो । बुधबार १४० जना विभिन्न देशका पर्यटक मनाङ प्रवेश गरेको गुरुङले बताउनुभयो ।

    असोज महिना यस यामको अति उत्तम समय मानिन्छ । गत हप्ता मात्रै देशैभर आएको बाढीपहिरो तथा हिमपातको प्रवाह नगरी बाह्य पर्यटक मनाङ पुगेका छन् । विशेष गरी मनाङ आउने पर्यटकको गन्तव्य तिलिचो ताल हुने गरेको पर्यटन व्यवसायी धनबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले अस्ति मात्र सात जनाको टोलीलाई तिलिचो पुर्‍याएर ल्याएँ ।”

    प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले पर्यटकलाई आवश्यक सूचना लिएर मात्र गन्तव्य तय गर्न सुझाएको बताउनुभयो । उहाँका अनुसार नार्पाभूमिका ग्रामीण बस्ती साथै मनाङ ङिस्याङ गाउँपालिका केन्द्र हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको थियो । चक्रीय अन्नपूर्ण पदमार्गको थोराङ्ला क्षेत्र र तिलिचो ताल क्षेत्रमा बाक्लो हिमपात भएको थियो ।

    पर्यटकले त्यसको पर्वाह गरेनन् । उहाँले भन्नुभयो, “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई पर्यटनको क्षेत्रमा विशेष सूचना सङ्कलन गर्न र आवश्यक समन्वय गर्न भनेका छौँ ।” उहाँले हिमपातको समयमा सतर्क रहन पर्यटक र नागरिकलाई आग्रह गरिएको बताउनुभयो । एक्याप इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend