Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हिमाल आरोहणबाट सात करोड राजस्व सङ्कलन


११, कात्तिक २०८१
  • 224
    SHARES
  • हिमाल आरोहणबाट सात करोड राजस्व सङ्कलन

    काठमाडौँ । शरद ऋतुमा हिमाल आरोहणबाट सात करोड रुपैयाँभन्दा बढी रकम राज्य कोषमा सङ्कलन भएको छ ।

    पर्यटन विभागका अनुसार शरद ऋतुमा ४१ वटा हिमाल आरोहणका लागि दिइएको अनुमतिबापत सात करोड ३४ लाख ८९ हजार ६०९ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

    विभागका निर्देशक राकेश गुरुङले यो वर्ष आरोहण अनुमति दिइएका ४१ वटा हिमालमध्ये सबैभन्दा बढी मनास्लुमा आकर्षण देखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मनास्लुमा आरोहण अनुमति लिएका २८ समूहका ३०८ जनाबाट मात्रै तीन करोड ७१ लाख ४३ हजार १४३ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।” यस वर्ष मनास्लुपछि सबैभन्दा बढी अमादब्लमबाट एक करोड ६९ लाख ४२ हजार ९६०, हिमलुङ्गबाट ४८ लाख १७ हजार २१६, धवलागिरि पहिलोबाट १६ लाख ८९ हजार ३० रुपैयाँ, बरुन्त्सेबाट १५ लाख तीन हजार ७७४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    ४१ वटै हिमाल आरोहण गर्न यो वर्ष १३५ समूहका ८४१ जना पुरुष र २५१ जना महिलासहित एक हजार ९२ जना आरोहीले आरोहण अनुमति लिएका छन् । विभिन्न हिमाल आरोहणका लागि नेपालसहित ७२ देशका आरोहीले यस वर्ष अनुमति लिएको विभागले जनाएको छ ।

    शरद ऋतुको आरोहणतर्फ यस वर्ष सात जनाको मृत्यु भएको विभागले जनाएको छ । विभागका निर्देशक गुरुङका अनुसार धवलागिरि हिमाल आरोहणका क्रममा पाँच जना रुसी नागरिक, कुम्भकर्ण हिमाल आरोहणका क्रममा एक जना अमेरिकी पर्वतारोही र पान्ड्रा हिमाल क्षेत्रमा एक जना नेपाली आरोहण सहयोगीको निधन भएको हो ।

    यस वर्ष संसारकै सातौँ अग्लो आठ हजार १६७ मिटर उचाइको धवलागिरि हिमालको शिखरमा पुग्न १४ जना पुरुष पर्वतारोहीले अनुमति लिएका छन् । रुसी आरोहीको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

    चालु आर्थिक वर्षको तीन महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकबाट दुई करोड एक लाख ३० हजार ५९७ रुपियाँ सङ्कलन भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सूचना अधिकारी विवेक बाइजूका अनुसार साउनदेखि असोजसम्म उक्त क्षेत्रमा १० हजार ३५८ स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

    उहाँले भन्नुभयो, “यो वर्षको साउनमा १२५, भदौमा एक हजार ३३१ र असोजमा आठ हजार ९०२ जनाले यस क्षेत्रको भ्रमण गरेका छन् । पर्यटकीय सिजन जारी रहेकाले कात्तिकमा यो सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।”

    राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका अनुसार असोजमा मात्रै सगरमाथा क्षेत्रमा प्रवेश गरेका पर्यटकबाट दुई करोड तीन लाख ४८ हजार ५५३ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    त्यस्तै गरी साउनमा तीन लाख ४५ हजार ९७५ र भदौमा ३२ लाख ३६ हजार ६९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । निकुञ्जले प्रति पर्यटक नेपाली नागरिकलाई एक सय, सार्क मुलुकका नागरिकलाई एक हजार पाँच सय र अन्य मुलुक तीन हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend