Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

४६ देशका ६१८ पर्यटकले गरे मनाङ भ्रमण


२२, माघ २०८१
  • 246
    SHARES
  • ४६ देशका ६१८ पर्यटकले गरे मनाङ भ्रमण

    मनाङ । सन् २०२५ को पहिलो महिना जनवरीमा जाडो तथा चिसोको पर्वाह नगरी ४६ देशका ६१८ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

    यस सिजनमा सबैभन्दा बढी मनाङ भ्रमण गर्नेमा छिमेकी राष्ट्र चीन परेको छ जसको सङ्ख्या १९९ रहेको छ भने दोस्रोमा अर्को छिमेकी मुलुक भारत रहेको छ जसको सङ्ख्या १०६ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङको तथ्याङ्कले देखाएको छ । तेस्रोमा दक्षिण कोरिया ७८ जना, चौथोमा जर्मनी २४ जना र पाँचौंमा २४ जना रहेका छन् ।

    त्यसैगरी, छैटौंमा बङ्गलादेश (२४), सातौंमा अस्ट्रेलिया (२४), आठौंमा बेलायत (१९), नवौंमा नेदरल्यान्ड्स (१८) र दशौंमा अमेरिका (१४) रहेको छ । विभिन्न १६ मुलकबाट जनवरीमा जम्मा एक जना पर्यटक मात्र मनाङ पुगेको एक्यापको तथ्याङ्कमा देखिएको छ । मनाङ घुम्ने दुई जना पर्यटकको सूचीमा नौ वटा मुलुक रहेका छन् ।

    न्युजिल्यान्ड र स्लोभिनियाबाट तीन जना पर्यटक मनाङ पुगेका छन् भने विभिन्न चार देशबाट चार जनाको दरले विदेशी पर्यटक मनाङ आएको तथ्याङ्कमा देखिन्छ ।

    इटाली र जापानबाट पाँच जना पर्यटक मनाङ आउँदा बेल्जियमबाट छ जनाले मनाङ भ्रमण गरेका छन् । त्यसगरी, जनवरीमै रसिया र स्वीजरल्यान्डका आठ पर्यटक पनि मनाङ पगेका छन् ।

    गत वर्षहरुमा खासै अफ सिजनमा विदेशी पर्यटकले मनाङ भ्रमण गर्दैनथे । जलवायु परिवर्तनका कारण हिउँ नपर्दा र हिउँदमा सडक मार्गको पहुँच बढ्दै जाँदा मनाङमा विदेशी पर्यटक पुग्ने गरेको एक्याप मनाङ प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । मनाङमा एक्यापले विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरेको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend