Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतीय पर्यटकको सङ्ख्या निरन्तर घट्दै


२४, माघ २०८१
  • 224
    SHARES
  • भारतीय पर्यटकको सङ्ख्या निरन्तर घट्दै

    काठमाडौँ । नेपाल भित्रिने भारतीय पर्यटकको सङ्ख्या घट्दै गएको छ ।

    नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने गरेका थिए तर सन् २०२४ को अगस्तयता नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या घट्दै गएको हो ।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो महिनामा मात्रै नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या १५ प्रतिशतले घटेको छ ।

    बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “गत असार र भदौमा चितवनको सिमलताल र तनहुँको आँबुखैरेनीमा भएका सडक दुर्घटनापछि भारतीय पर्यटकको सङ्ख्या घट्दै गएको देखिन्छ ।

    त्यसपछि असोजमा आएको बाढीपहिरो, कात्तिकदेखि सुरु भएको महँगो हवाई भाडा र उडान कटौतीको असरले अहिले पनि भारतीय पर्यटकको आगमनमा असर देखिएको छ ।” सन् २०२४ को अगस्तमा ३.१ प्रतिशतले घटेका भारतीय पर्यटकको सङ्ख्या सन् २०२५ को जनवरीसम्म जारी रहेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमण गरेका छन् । त्यसअघि सन् २०२३ मा चार लाख १६ हजार ८४५ पर्यटक घुम्न आएका थिए ।

    सन् २०२३ को तुलनामा सन् २०२४ मा विदेशी पर्यटकको आगमन १३.१ प्रतिशतले बढे पनि सन् २०२४ को समग्र तथ्याङ्क अनुसार भारतीय पर्यटक भने २७.६९ प्रतिशले घटेका हुन् ।

    सन् २०२३ भरमा तीन लाख १९ हजार ९३६ भारतीय पर्यटक नेपाल भित्रिएकामा सन् २०२४ भरमा तीन लाख १७ हजार ७२७ भारतीय पर्यटक नेपाल आएका छन् ।

    तथ्याङ्क अनुसार सन् २०२४ को सेप्टेम्बरमा १९.९, अक्टोबरमा ११.७, नोभेम्बरमा १८.५ र सन् २०२५ को जनवरीमा १५ प्रतिशले भारतीय पर्यटक घटेका छन् । पछिल्लो समय नेपाल आउने पर्यटक सार्क मुलुकबाट समेत ४.३ प्रतिशतले घटेको बोर्डले जनाएको छ ।  

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend