Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कालीगण्डकी नदी तटमा चित्रैचित्र भरिएको मालढुङ्गा


१२, फागुन २०८१
  • 221
    SHARES
  • कालीगण्डकी नदी तटमा चित्रैचित्र भरिएको मालढुङ्गा

    कुश्मा । कालीगण्डकी नदी तटमा सदियौंदेखि एक रहस्यमयी चित्रैचित्रले भरिएको मालढुङ्गा नामक शिला गमक्क परेर बसेको झैँ देखिन्छ । पवित्र नदी कालीगण्डकी तटको मालढुङ्गा क्षेत्रमा रहेको यस शिलाभरी विभिन्न आकारका चित्र प्राकृतिक रुपमा कुँदिएका छन् ।

    धार्मिक महत्व बोकेको आकारमा विशाल रहेको हल्का खैरो र पहेलो रङ्ग जस्तो देखिने शीला मालढुङ्गा जोकोहीलाई रहस्मयी लाग्छ । पर्वतको कुश्मा नगरपालिका वडानं।–१ मा पर्ने मालढुङ्गा शिलामा हल्का पहेलो रङ्गले पोतिएको माला जस्तै आकृति देख्न पाइन्छ ।

    मालढुङ्गा आसपासका अन्य शिलाभन्दा फरक छ । मालढुङ्गा शसलाको नामबाट नै मालढुङ्गा बजारको नाम रहेको हो । मालढुङ्गा शिलाको पूर्वपश्चिम तिर माझी र बोटेबस्ती छ । पश्चिमपट्टि पोखरा–बाग्लुङ राजमार्गसँगै मालढुङ्गा बजार छ । बजारदेखि उत्तरतर्फ रहेको मालढुङ्गा शिलालाई मालढुङ्गा–बेनी राजमार्गबाट सजिलै देख्न सकिन्छ ।

    स्थानीय बोटे र माझी समुदायका अनुसार शिलामा देखिने माला आकारको पोतिएको चित्रका कारण मालढुङ्गा भनिँदै आएको हो । विशाल र चिल्लो ढुङ्गमा सिपालु चित्रकारले कुँदेर बनाएको जस्तो लाग्ने अनेकौं प्रकारका आकृतिले पनि मालढुङ्गालाई रहस्यमयी बनाएको छ ।

    मालढुङ्गामा विभिन्न देवीदेवताको स्वरुप, चक्र, गौमुख, हात्तीको पाइला, सूर्यचन्द्रमा, माछा, आँखा, हात्तीको पाइला, बिच्छीलगायतको चित्र देख्दा जोकसैले चित्र प्रदर्शनी कक्षको अवलोकन गरेजस्तै महसुस गर्दछन् ।

    माझी समाजका अध्यक्ष मानबहादुर बोटेले मालढुङ्गालाई आफूहरुले शिवको स्वरुप मानेर पूजा गर्ने गरेको बताउनुहुन्छ । अध्यक्ष बोटेका अनुसार मालढुङ्गा शिलाको माथिल्लो भागमा कमलको फूलको चित्र प्रष्ट देख्न सकिन्छ भने भगवानको हातले आशीर्वाद दिएको जस्तै लाग्ने चित्र कुँदिएको देखिन्छ ।

    मानिसहरु त्यतिबेला अचम्म हुन्छन् जब मालढुङ्गाकै पूर्वपट्टिको भित्तामा पाँच खण्डमा रहेको गजुरसहितको मन्दिर आकारमा देखिने चित्र छन् । स्थानीय ३८ वर्षीय युवा गणेश माझीका अनुसार मालढुङ्गाको अन्य भागमा लेउ लाग्ने गरेको भए नि यो मन्दिर आकारको देखिने चित्रमा भने कहिल्यै लेउ नलागेको र स्वरुप उस्तै छ ।

    धार्मिक एवं पर्यटकीय महत्वको मालढुङ्गाको महत्व उजागर हुन नसकेकोमा बोटे र माझी समुदाय अगुवाहरुको गुनासो छ । कुश्मा नगरपालिका वडा नं.– १ का अध्यक्ष खगराज पौडेलले धार्मिक महत्वको मालढुङ्गा संरक्षण र प्रवर्धन हुन नसकेको स्वीकार गर्दै भन्नुभयो, ‘‘मालढुङ्गाको धार्मिक र ऐतिहासिक महत्वलाई जनमानससम्म पुराउन अब लाग्नुपर्छ । यसपालि मालढुङ्गाको संरक्षणका लागि दुई लाख रुपियाँ रकम विनियोजन गरिएको छ ।’’

    मालढुङ्गा पहिले मालढुङ्गाकै माथिल्लो भाग पाङमा रहेको र पछि पहिरो जाँदा तल कालीगण्डकी तटमा खसेको कुरा आफ्ना बाबुबाजेबाट सुन्दै आएको वडा अध्यक्ष पौडेलको भनाइ छ ।

    यस्तै ७० वर्षीय यामबहादुर माझीले आफ्ना पुर्खाहरुबाट सुन्दै आएको मालढुङ्गा शिलाबारेको किम्वदन्ती यसरी बताउनुहुन्छ, ‘‘मालढुङ्गा माथि पाङबाट खसेको थियो । खसेर कालीगण्डकी किनारको पारिपट्टि रहेको मालढुङ्गा शिवस्वरुप शक्ति हो । पारि रहँदा कालिका भगवतीसँग कुनै कुरामा मतभेद भएपछि पुनस् वारि आएर बसेका हुन् ।’’

    अगुवा माझीबोटेका अनुसार माझीबोटे वस्तीमा अनुसार पहिले बंगुर पाल्ने र फोहोर रहेको हुँदा मालढुङ्गामा भक्तजन आउने नगरेको भएपनि अहिले सरसफाइ गर्दै जाँदा सबै आउन थालेका छन् ।

    मालढुङ्गामाथि लक्ष्मीनारायणको सानो आकारको मन्दिर निर्माण गरिएको छ । यो मन्दिर बोटेमाझीकै पहलमा निर्माण भएको हो । वर्षमा एकपटक पुजा हुने मन्दिरको पुजारी बोटे छन् ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend