धादिङ । गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत "जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी" धादिङको स्त्रीनमा सुरु भएको छ। असार २० देखि २२ गते सञ्चालन भएको तीन दिने कार्यशालाको उद्घाटन नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले गर्नुभएको हो ।
कार्यक्रममा विभिन्न नगरपालिकाका प्रतिनिधिहरू, जलवायु विज्ञहरू, वातावरण तथा विपद् व्यवस्थापनमा संलग्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीले जलवायु परिवर्तनका चुनौतीहरू, स्थानीय तहमा उत्थानशीलता वृद्धिका उपाय, तथा दीगो विकासका रणनीतिहरूमा छलफल र तालिममार्फत ज्ञान आदानप्रदान गराउने उद्देश्य रहेको थियो ।
नगर प्रमुख ढुंगानाले उद्घाटन मन्तव्यमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि स्थानीय तहहरू सचेत र सक्षम हुनुपर्नेमा जोड दिँदै यस किसिमका कार्यशालाले दीर्घकालीन योजनाका लागि मार्गनिर्देशन गर्ने बताउनु भएको थियो ।