Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण


१५, साउन २०८०
  • 129
    SHARES
  • पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण

    अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण र सरसफाइ गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसका अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको सङ्गठनका जिल्ला अध्यक्ष गणेश भण्डारीले बताउनुभयो । 

    नरपानी चिसो हावा पानीले पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा तराईबाट धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।   
      
    पार्कलाई सफा र चिटिक्क पार्ने उद्देश्यले विभिन्न प्रजातिका फूल तथा अन्य बिरुवा रोपिएको सङ्गठनका जिल्ला कोषाध्यक्ष विशाल महतले बताउनुभयो । उहाँले नरपानीमा थप पर्यटक आकर्षित गर्नका लागि पार्क थप व्यवस्थित बनाउन लागिएको बताउनुभयो । 

    वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष श्रीधर महत्रा, मालारानी-५ का वडाध्यक्ष तिलक मिश्रलगायत कर्मचारीको उपस्थिति थियो । 

    पिकनिकस्थलका रुपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिकरुपमा हजारौँ मानिस आउने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा पुग्न सकिन्छ ।

    गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको छ । प्रसिद्ध सुपा देउराली मन्दिर नजिक पर्ने नरपानी बनभोजका लागि पनि प्रसिद्ध छ । सुपा देउराली मन्दिर दर्शन गर्न जानेहरु अधिकांश नरपानी पुग्ने गरेका छन् ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend