Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ


३०, वैशाख २०८३
  • 142
    SHARES
  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्,

    टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको चिसो दूरीले ।

    त्यसैले- मनमा यति मात्रै वैर राख, कि भोलि फेरि भेट हुँदा आँखा झुकाउन नपरोस् ।

    किनकि, समय बदलिन समय नै लाग्दैन ।

    हे कठिन समयहरू, मर्यादाको ढोका ढकढक्याएर आउ, विश्वासको आँगनमा निष्कपट भएर बस्न सिक ।

    भाग्यको ललाटमा भोलिको कथा लेखिएको हुँदैन,

    त्यसैले अरूलाई चोट दिनुअघि एकपटक आफूभित्र पनि हेर । किनकि, समय बदलिन समय नै लाग्दैन ।

    हे पसिनाका ऋणीहरू, बलिदानको माटोमा उम्रिएको स्वाभिमानलाई लोभको आगोमा नजलाऊ ।

    यो धरती हरेक मान्छेलाई आमाको काखजस्तै प्रिय हुन्छ । क्षणिक स्वार्थका लागि जीवनको अर्थ निचोर्न खोज्नु व्यर्थ छ ।

    किनकि, समय बदलिन समय नै लाग्दैन । हे अरुणोदयका उज्यालाहरू, हिउँमुनि पुरिएका सल्लाहरू पनि एकदिन घामसँग फेरि उठ्न सक्छन् ।

    अस्तित्वको युद्धमा डढेलो र खरानीलाई आभूषण बनाउने भूल नगर ।

    किनकि, समय बदलिन समय नै लाग्दैन ।

    हे उत्सर्गका जवानहरू, आफ्नो सपना बलि दिएर माटो जोगाउने हातहरूले पहिरो रोक्न नसकेको पीडा अझै बाँचेको छ ।

    अश्रुभित्र लुकेको क्लान्त अनुहारलाई वासना र अहंकारको रङले नछोप ।

    किनकि, समय बदलिन समय नै लाग्दैन ।

    समय— न नदीझैँ रोकिएर बस्छ, न आँधीझैँ सधैं उग्र रहन्छ ।

    आजको हार भोलिको विजय बन्न सक्छ, आजको घमण्ड भोलिको पश्चाताप पनि । त्यसैले मानवता बचाएर हिँड, सम्बन्ध बचाएर बाँच, र सत्यलाई साथ लिएर उभिइरह ।

    किनकि, समय बदलिन समय नै लाग्दैन ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

    काठमाण्डाै राष्ट्रियसभाले चलचित्र विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा प्रधानमन्त्री एवम्स ञ्चार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend