Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह


१७, भदौ २०८३
  • 248
    SHARES
  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ – बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह गरेका छन् ।

    रसुवाको भोटेकोशीमा बाढी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन् ।  

    स्वास्थ्यविद् डा. सागर राजभण्डारीका अनुसार बाढीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ्छ । बाढीपछि हैजा, झाडापखाला, टाइफाइड र कमलपित्तजस्ता रोग देखिन सक्छन् । प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुनेलगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।  

    समयमै उपचार नपाए हैजाजस्ता रोगको प्रकोप फैलिन सक्ने उहाँको भनाइ छ । लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य कीराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिम पनि बढ्न सक्छ।

    बाढीका कारण धेरै मानिस घरबारविहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुघाखोकीलगायतका संक्रामक रोगसमेत छिटो फैलिन सक्ने विज्ञहरूको भनाइ छ ।

    सरसफाइ र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

    त्यस्तै, राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ ।

    बाढी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल, गेडागुडी, कोदो, गहुँलगायत पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डा। राजभण्डारीले सुझाव दिनुभएको छ ।

    बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकमा बाढी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।

    महामारी फैलिन नदिन बाढीका कारण थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीवजन्तुको उचित व्यवस्थापन तथा सरसफाइ तत्काल गर्न विज्ञको सुझाव छ ।

    संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या, पानी तथा खाद्यजन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीयस्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

    महामारी फैलिन नदिन नागरिक आफैँ पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वडा वा पालिकासँग सहयोग माग्न स्वास्थ्यविद्हरूले आग्रह गरेका छन् ।

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • पाँच बुँदे सहमतिसँगै देशैभरका अस्पतालहरू आजदेखि सुचारू

    काठमाडौं ।नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै बिहीबारदेखि अस्पतालमा नियमित रूपमा सबै सेवा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend