Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल घुम्न आएका बङ्गलादेशी पर्यटकलाई पञ्चेबाजा सहित स्वागत


१, भदौ २०८०
  • 227
    SHARES
  • नेपाल घुम्न आएका बङ्गलादेशी पर्यटकलाई पञ्चेबाजा सहित स्वागत

    काठमाडौं । नेपालमा घुम्नका लागि बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन बिमानस्थलमा नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको थियो ।

    नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले व्यवस्थापन गरेको छ । बङ्गलादेशको ढाकामा रहेको माउन्टेन क्लबमार्फत नेपाल आएका बङ्गलादेशी पर्यटकहरुले ऐतिहासिक सम्पदाको भ्रमण गर्ने तय भएको छ । नेपालबाट नजिक दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो ।

    ठूलो संख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास पर्यटन बोर्डको छ । बङ्गलादेशमा रहेको माउन्टेन क्लब टुर्स एण्ड ट्राभल्सका प्रमुख रिजाउल हकिम सान्तुले बङ्गलादेश प्राकृतिक रुपमा सुन्दर रहेकाले भ्रमणका लागि नेपाल आएको बताउनुभयो ।

    चार रात पाँच दिन नेपालमा बिताउदा भक्तपुर, नगरकोट, धुलिखेल लगाएतका पर्वतीय क्षेत्रमा जाने र सम्मेलनको समेत आयोजना गरिएको उहाँले बताउनुभयो । पर्यटन बोर्डका अनुसार सन् २०२३ मा हालसम्म बङ्गलादेशबाट करिव १३ हजार छ सय पर्यटक नेपाल आएका छन् । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend