Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

५५औं एसियाली शारीरिक संगठन तथा विपजिक्स स्पोर्टस्को तयारी पूरा 


६, भदौ २०८०
  • 147
    SHARES
  • ५५औं एसियाली शारीरिक संगठन तथा विपजिक्स स्पोर्टस्को तयारी पूरा 

    काठमाडौं । नेपाल शारीरिक संगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ५५औं एसियाली शारीरिक संगठन तथा विपजिक्स स्पोर्टस् प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको जनाएको हो । 

    पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले प्रतियोगितामा हालसम्म एसियाली राष्ट्रका करिब २५ मुलुकहरुले सहभागिता निश्चित गरिसकेको जानकारी दिए । एशियाका मुलुकहरुले भागलिने यस प्रतियोगितामा ४५ विधामा प्रतिष्पर्धा आयोजना हुने र एशियाली प्रतियोगितामा पुरुषतर्फ २८ वटा, महिलातर्फ १६ विधामा प्रतिष्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिएको उनको भनाई छ । 

    सातदिन सम्म चल्ने यस प्रतियोगिताको पहिलो दिन भदौ १५ गते सबै राष्ट्रका खेलाडी स्वागत कार्यक्रम तथा खेलाडी दर्ता गरिने महासंघले जनाएको छ ।  । युवा तथा खेलकुदमन्त्रीको उपस्थितिमा भदौ १८ गते प्रतियोगिताको समुद्घाटन सत्र रहने छ ।

    उक्तदिन १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोहीदिन नतिजा आउने छ उक्तदिन १४ जना नेपाली खेलाडीहरुले ८ वटा समूहमा प्रतिष्पर्धा गर्नेछन् । भदौ १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोहीदिन नतिजा आउने छ । उक्तदिन २४ जना नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

    यस्तै भदौ २० गते ९ वटा विधामा प्रतिष्पर्धा हुनेछ र सोहीदिन नतिजा आउने छ । उक्तदिन ५ जना नेपाली खेलाडीहरुले ४ वटा समूहमा प्रतिष्पर्धा गर्नेछन् । सोहि दिन शारिरीक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबीच प्रतिष्पर्धा गराई मिष्टर एशिया २०२३ को घोषणा गरिने छ । 

    प्रतियोगिताका लागि आधिकारिक होटल याक एण्ड यति र र्याडिसन होटल रहेका छन् भने प्रतियोगिता स्थल याक एण्ड यतिहोटल रहने आयोजनाले जानकारी दिएका छन् । 

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend