Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त


१२, भदौ २०८०
  • 284
    SHARES
  • बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त

    रेशम कुँवर,गुल्मी । जिल्ला अस्पताल गुल्मीमा ७ बर्षीय बालिकाको निधन भएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका -७ काउले निवासी राजेश मरासिनीकी सात वर्षीय छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान ७ः४५ बजे उपचारका क्रममा निधन भएको हो । 

    प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासी इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउने बित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरेका थिए । तर नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाको ज्यान गएको मृतकका  आफन्त पन्थीले बताउनुभयो । 

    घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्कोट -३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनुपरेको बताउनुभयो । वडाध्यक्ष विष्टले आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिजो साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालले लापारवाही गर्दा बिरामीको ज्यान गएको  जिकिर गर्नुभयो । 

    अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताउनुभयो । अस्पतालले लापरबाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन, भने अहिले गुल्मी अस्पतालमा तनावको स्थिति सृजना भएको छ। उक्त विवाद समाधानका लागी अहिले जिल्ला प्रशासन कार्यालय गुल्मीमा वार्ता भइरहेको जनाईएको छ । 

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend