काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनै पूर्णिमा र गाइजात्रा पर्वको शुभकामना दिनु भएको छ । जनै पूर्णिमा र गाइजात्राको अवसरमा उहाँले सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । ।
सभापति देउवाले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको र यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरु रहेको भन्दै यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउनु भयो । देउवाले भन्नु भएको छ “नेपालीहरुको मौलिक सांस्कृतिक पर्वहरु— जनै पूर्णिमा र गाइजात्रा पर्व पनि महत्वपूर्ण पर्वहरु हुन् ।”
लोकतन्त्रमा मात्रै सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउँने भन्दै देउवाले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताहरुका लागि पनि यस्ता पर्वहरुलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी भएको बताउनु भयो ।