काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले, पद, पैसाको पछि लागेपछि नेपालीले दुख पाएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा खेमराज गुरुङ ट्रस्टद्वारा आयोजित विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले नेपाली राजनीति जरामा नलागी फूल र सुगन्धको पछि लागेको टिप्पणी गर्नुभयो । ‘राजनीतिमा पनि हाम्रो जरातिर ध्यान दिने होकी, हामी जरामा लाग्दाँ राणा शासन र पञ्चायत पनि हटाउँन सफल भयौ तर जब हामी फूल र सुगन्धमा लाग्यौं पद, पैसाको पछि लाग्छौ नि त्यसपछि दुख सुरु भयो ।
हामी आफ्नो माटोमा फर्किन सक्यौ भने मात्रै विकास हुन सक्छ । उहाँले भन्नुभयो । उहाँले सबै श्रष्टाको योगदानका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । श्रष्टाको उचित सम्मान भए मात्रै राष्ट्रको सम्मान हुने उहाँको भनाई छ ।