Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आजदेखि विपी साहित्य महोत्सव 


२४, भदौ २०८०
  • 271
    SHARES
  • आजदेखि विपी साहित्य महोत्सव 

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ ।

    महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।

    महामानव विपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘विपी साहित्य महोत्सव’ हुन लागेको हो ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११०औँ विपी जन्मजयन्तीका अवसरमा विपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष विपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । 

    राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत विपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विशेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्षस्थानमा हुनुहुन्छ ।

    तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । पहिलो दिन आज बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शनका साथ महोत्सव सुरु हुनेछ । त्यसपछि विपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनुहुनेछ ।

    विपीका दृष्टिमा विपी, विपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग–अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ ।

    दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । माक्र्स, गान्धी र विपी, आजको लोकतान्त्रिक समाजावादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिनुहुने छ । 

    त्यसपछि विपीले नपाएका १५ वर्ष, विपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा विपी, युवा स्रष्टामा विपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० गजलकारबाट गजल साँझको आयोजना हुने छ ।

    तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि विपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनुहुने छ । 

    त्यसपछि समावेशिता, सामाजिक रुपान्तरण र विपी, समय र सबाल्र्टन, विपीका आख्यानमा नारी, परिवारले बुझेका विपी विषयमा अलग–अलग सत्र सञ्चालन हुनेछन् । अन्तिममा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।

    पहिलोपटक आयोजना गर्न लागिएको यस महोत्सवमा कांग्रेसले सहभागिताका लागि प्राज्ञिक तथा विद्वान बुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरेको छ ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend