Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा


८, असोज २०८०
  • 162
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

    जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले  जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ । सोही अवसरमा उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गर्नुभयो । 

    राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो । 

    राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन कार्यक्रम रहेको छ ।  सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट आयोजना गरिने  नागरिक अभिनन्दन उहाँले ग्रहण गर्नुहुनेछ । 

    राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो । 

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend