Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन


१४, असोज २०८०
  • 266
    SHARES
  • दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

    गुल्मी । “रेसुङ्गा  र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भन्नुभयो, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।”

    रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमच्च महाचिल, डंगर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल तथा मदाने क्षेत्रमा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द, डंगर गिद्दल, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ चरा भेटिएको उहाँले बताउनुभयो ।

    यी संरक्षित क्षेत्रमा नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि भेटिएको उहाँले जानकारी दिनुभयो । नेपालमा पाइने आठ सय ९२ प्रजातिमध्ये गुल्मीमा मात्रै ३५ प्रतिशत रहेको उहाँको भनाइ छ ।

    सङ्घको गणनाअनुसार रेसुङ्गामा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका छन् । यी दुवै क्षेत्रमा गरी विभिन्न तीन सय पाँच प्रजातिका चरा भेटिएको सङ्घको भनाइ छ ।

    नेपालमा मात्र पाइने काँडेभ्याकुरको संरक्षण अति आवश्यक भएको भन्दै चराको बासस्थान जोगाउन जनप्रतिनिधिको भूमिका थप महत्वपूर्ण हुने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जीवन पङ्गेनीको भनाइ छ ।

    सङ्घले जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ । कार्यक्रमले यी वन क्षेत्रसँग जोडिएका स्थानीयका लागि वन संरक्षण र संवर्धनसँगै जीविकोपार्जनका क्षेत्रमा लागि काम गरिरहेको छ । संस्थाले विगत छ वर्षदेखि यी दुई वन संरक्षण क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दैै आएको हो । 

    रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मीलाई चरा पर्यटनको गन्तव्यका रुपमा विकासका लागि जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहवाट आवश्यक सहयोग गर्ने बताउनुभयो । 

    नेपाल पंक्षी संरक्षण सङ्घले डढेलो, विद्युतीय प्रशारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकारलगायतका समस्यालाई चरा संरक्षणको चुनौतीका रुपमा लिएको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend