Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

खाँडादेवी मन्दिर जाने सडक दशैँ अघि नै स्तरोन्नति हुने 


१७, असोज २०८०
  • 276
    SHARES
  • खाँडादेवी मन्दिर जाने सडक दशैँ अघि नै स्तरोन्नति हुने 

    रामेछाप । ऐतिहासिक तथा धार्मिक शक्ति पीठ खाँडादेवी मन्दिरमा जाने सडक दशैँ अघि नै स्तरोन्नति गरिने भएको छ । खाँडादेवी गाउँपालिकाले मन्दिरसम्म जाने कच्ची सडक स्तरोन्नति गर्न लागेको हो । मन्थली–गाल्पा सडकको माकादुम रायगाउँदेखि खाँडादेवी मन्दिरसम्मको सडक स्तरोन्नति गर्न लागिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

    सो सडक मर्मतका लागि यस आर्थिक वर्षमा खाँडादेवी गाउँपालिकाले २० लाख रुपैँया विनियोजन गरेको छ । सोही रकमबाट खाँडादेवी गाउँपालिको रायगाउँदेखि मन्दिरसम्मको सडक मर्मत गरिने उहाँले बताउनुभयो । सडकको स्तरोन्नतिका लागि प्राविधिक नाप जाँचको काम सम्पन्न भएको श्रेष्ठले बताउनुभयो । सो क्रममा मन्दिर नजिकको माथिल्लो भाग उकालो र चिप्लो भएकोले ढलान गर्नुपर्ने प्राविधिक स्टमेटमा देखिएको छ । 

    त्यस्तै राय गाउँ माथि चुल्ठेपानी जाने भागमा दुईवटा मोड अति साँघुरा, विकट र उकाला भएकाले त्यसको पनि स्तरोन्नति गरिने उहाँले बताउनुभयो । ‘अहिलेको बजेटले सबै काम गर्न त नपुग्ला तर सबैभन्दा अप्ठेरो ठाउँमा मर्मत सुधार गर्ने योजना बनाएका छौँ, श्रेष्ठले भन्नुभयो । दशैँमा खाँडादेवीको दर्शन गर्न टाढादेखिका भक्तजनको घुइँचो लाग्ने भएकोले दशैँ अघि नै उपभोक्ता समिति मार्फत सडक निर्माणका काम गर्न लागिएको श्रेष्ठले बताउनुभयो । कम्तीमा साना गाडी सजिलै मन्दिरसम्म पुग्ने गरी सडक मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।

    खाँडादेवीलाई ऐतिहासिक र धार्मिक शक्ति पीठ मानिन्छ । खाँडादेवी मन्दिरमा वर्षै भरी दर्शन र भाकल पूजा गर्न मानिसहरू आउने भए पनि घटस्थापनाबाट भने ठुलो सङ्ख्यामा भक्तजनहरू पञ्चवलि लिएर पूजा गर्न जान्छन् । रामेछाप सहित, दोलखा, ओखलढुङ्गा, सिन्धुली लगायतका तराइका जिल्ला तथा काभ्रे, भक्तपुर, ललितपुर काठमाडौं लगायतका क्षेत्रबाट ठुलो सङ्ख्यामा पञ्चवलि आउने गर्दछ । 

    अहिले मन्दिरमा काठमाडौँबाट सित्खा हुँदै वा जिल्ला सदरमुकाम मन्थलीबाट पकरबास हुँदै माकादुमसम्म पुग्ने पक्की बाटो भए पनि माकादुमको रायगाउँबाट मन्दिरसम्म पुग्ने केही किलोमिटर सडक कच्ची छ । साँघुरो, उकालो र कच्ची सडक भएको कारण यातायात साधन आवागमनमा निक्कै जोखिम छ । सोही जोखिमलाई कम गर्न गाउँपालिकाले सडक मर्मतको काम गर्न लागेको हो । 

     

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend