Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन


२०, असोज २०८०
  • 120
    SHARES
  • अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन

    कास्की । पर्यटकीय सहर पोखरामा दिगो पर्यटनका विषयमा गहन छलफलका लागि दोस्रो संस्करणको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ ।

    गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा सम्मेलनमा नेपालसहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, भियतनाम, स्पेन र पोल्यान्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरु सहभागी भएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा एक सय बढीको सहभागी छन् ।

    “शुक्रबार उद्घाटन गरिएको सम्मेलनको औपचारिक कार्यक्रम तथा छलफल आजदेखि सुरु भएको छ”, उहाँले भन्नुभयो, “सम्मेलन यही असोज २१ गतेसम्म सञ्चालन हुने छ ।” उक्त सम्मेलनमा ७० भन्दा बढी प्राविधिक विषयमा छलफल र मुख्य प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

    उहाँका अनुसार काठमाडौँ विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा दोस्रो अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन आयोजना गरिएको हो ।

    सम्मेलनको पहिलो दिन भू–संरक्षण, भू–पार्क र भू–पर्यटन, पहाडी संरक्षित क्षेत्रमा दिगो मनोरञ्जन प्रयोगको प्रावधान सुनिश्चितता, पहाडी नदीहरूमा भौगोलिक विविधता र कनेक्टिभिटी लगायतका प्राविधिक विषयहरुमा छलफल भएको थियो । 

    दिगो पर्यटन, जलवायु परिवर्तन र यसको असर तथा प्रभाव लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने श्रेष्ठले बताउनुभयो । विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय, पर्वतीय पर्यटन र समग्र वातावरणमा पारेको असरबारे छलफल हुने उहाँको भनाइ थियो । गत वर्ष मङ्सिर १५, १६ र १७ गते काठमाडौँको चन्द्रागिरीमा प्रथम अन्तराँष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन आयोजना गरिएको थियो ।

    सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आले मगरले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएको उल्लेख गर्नुभयो । जलवायु परिर्वतनको जोखिम न्यूनीकरणका लागि विश्व समुदायको साझा चासो र चिन्ता आवश्यक भएकामा उहाँले जोड दिनुभयो ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले सम्मेलनले दिगो पर्वतीय पर्यटनका चुनौती र उत्कृष्ट अभ्यासका बारेमा विश्वव्यापी रूपमा छलफल गर्ने तथा विचार आदानप्रदान गर्न उपयुक्त मञ्च प्रदान गर्ने बताउनुभयो ।

    गत वर्षको सम्मेलनमा पर्वतीय पर्यटन विकासका लागि हिमालको संरक्षण अपरिहार्य रहेको, संरक्षण गर्न नसके प्राकृतिक र मानव दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउने भन्दै सरोकारवालाहरूलाई गम्भीर बन्न सुझाव दिइएको थियो । पर्यटनका लागि हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवाला सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निष्कर्ष सम्मेलनको थियो । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend