Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

छत्रमहाराज मन्दिर पर्यटकको पर्खाइमा


२, कात्तिक २०८०
  • 639
    SHARES
  • छत्रमहाराज मन्दिर पर्यटकको पर्खाइमा

    सुजन न्यौपाने,अर्घाखाँची । लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो अर्घाखाँची । यसको सदरमुकाम सन्धिखर्क हो। यस जिल्लामा ६ वटा स्थानीय तहहरू रहेका छन्, जसमध्ये ३ नगरपालिका र ३ गाउँपालिका छन यस अन्तरगतको एउटा पालिका छत्रदेव गाउँपालिका हो  । यसमा ८ वटा वडा रहेका छन, समुन्द्री सतह देखी करिब १२५० मिटर उचाईमा यो गाउँपालिकाको केन्द्र रहेको छ भने यसको कार्यालय छत्रगन्जमा राखिएको छ ।

    गाउँपालिकाको पूर्वमा गुल्मी जिल्ला,पश्चिममा सन्धिखर्क नगरपालिका,उत्तरमा मालारानी गाउँपालिका र गुल्मी जिल्ला, दक्षिणमा पाणिनि गाउँपालिका रहेका छन् र यो गाउँपालिकाका सबै वडाहरुमा चर्चित धार्मिक मठ मन्दिरहरु रहेका छन् ।

    यो गाउँपालिकाको नामाकरणसगँ धार्मिक इतिहास जोडिएको पाइन्छ । महाभारतको युद्दको ईतिहास बोकेको छत्रमहाराज देबालय मन्दिर प्राचीन कालदेखि अबिछिन्न ईतिहास बोकेको धार्मिक महत्वले भरिएको एतिहासिक एवम धार्मिक मन्दिर हो , विवेकसिल मानव जातिले आफनो ज्ञान सिप र क्षमताको उपयोग गरि निर्मित गरेको मानव जिवन शैली नै हाम्रो सस्कृति हो हाम्रो परम्परा हो । यसै धार्मिक बिषयसंग जोडेर यस गाउँपालिकाको नाम नै छत्रदेब गाउँपालिका राखिएको हो ।

    अति कलात्मक शैलिमा निर्माण गरिएको छत्रमहाराज देवालय यसै गाउँपालिकाको वडा नं ५ मा रहेको छ । करिब ५००० बर्ष अगाडि कुरुक्षेत्रको महाभारत युद्दमा युद्द अबलोकन गर्न आएका छत्रमहाराजको शिर भगबान श्रि कृष्णबाट छेदन भएपछि पहाडि खन्डको यस क्षेत्रमा आफु बस्ने चाहाना गरेबमोजिम भगवान श्रि कृष्णले उलुक छत्रमहाराजको मन्दिर यहाँ स्थापना गरेको जनश्रुतिमा छ । 

    बाह्र रोपनि क्षेत्रफलमा फैलिएको मन्दिर परिसरभित्र ५ पाण्डबको मन्दिरको साथै गणेश, शिबालय तथा छत्रमहाराजको मन्दिर समेत रहेको छ । उता पाल्पाका बहादुर कंणेल अर्थात (गम्भिर रायमाझी) ले भारतमा गहि बिद्रोहि सिपाई लाई दवाउन सके छत्रमहाराज को मन्दिर बनाउने छु भनि भाकल गरेका थिए र आफुले सोचे जस्तै भयपछि आफै काठामान्डौं बाट कालिगड लेर आई हालको मन्दिर निर्माण गरेको जनबिश्वास रहिआएको छ।

    १५ सालमा राज खानदान बाट राजा महेन्द्र देश भ्रमण मा निस्किदा यहि बाटो रातो घोडामा छत्रमहाराजलाई बायाँ पारि लाम्पाटी जादाँ बाटोमा घोडो बिरामि भयको र त्यहि बेला किन यस्तो भयो भनि हेराउदा छत्रमहाराजलाई बायाँ पारेकोले यस्तो भयको र छत्रमहाराजलाई ५पन्चवली चडाउनु पर्ने धामिले बताएका थिए ।

    राजाले चढाउने भाकल गरेपछि घोडोलाई ठिक भयको र राजा काठमान्डौ पुगेपछि छत्रमहाराजलाइ ५पन्चवली पठाईदियको जनबिस्वासमा रहि आयको छ बिशेष गरि आइतबार, पूर्णिमा, चैतेदशैँको रामनवमी, बुद्ध जयन्ती, वडादशैँभर पूरा समय र न्वागी खाने दिन मात्रै पूजा गर्ने गरिन्छ ।

    छत्रमहाराजको मन्दिरमा परम्परादेखि हालसम्म दशैमा निकै ठुलो मेला लाग्ने गर्छ । अप्ठेयारो परिस्थितिमा यो मन्दिरको दर्शन गरेमा मनोकामनाहरु पुरा हुने बिश्वास रहेकोले यहाँ राँगा, भेडा, कुखुरा, हाँस र परेवा चढाउन छिमेकि जिल्ला गुल्मी प्युठानबाट समेत आउने भक्त्तजनहरुको भिड लाग्ने गर्छ । दशैंको बेला छत्रमहाराजको मन्दिरमा पुग्दा पुराना साथिहरु तथा आफन्तहरुसंग भेट हुन्छ भनी पुग्ने चलन पनि उत्तिकै छ । हालसम्म विराजमान समयदेखि नै सिरथुमका भटराईहरुले पुजा गरेको पाईन्छ संगै ठकुरी वंश छत्रमहाराज जान नहुने भनाई पनि छ ।

    छत्रमहाराजको मन्दिरको छानो विशेष गरि बर्षको एक दिन मात्र सफा गरिन्छ । दशैंको नवमीको दिन एकछाकी बसि दशैं को टिकाको दिन उक्त मन्दिरको छानो सफा गरिन्छ। छानो सिरथुमको नेवार समुदायले मात्रा सफा गर्ने चलन छ। यस भन्दा अगाडि सफा गर्ने मिलदैन असटमिमा देउता निकालेपछि मात्र यो छानो सफा हुन्छ। 

    मन्दिरलाई थप आर्कषण गराउनको लागि करिब ३ करोण माथिको लगानीमा छत्रदेब गाँउपालिकाका संस्थापक अध्यक्ष लेखनाथ पोखरेलको विशेष पहलमा प्रदेश संघ र पालिकाको लगानीमा छत्रमहाराज मन्दिर जाने १४९२ सिडि निर्माण भयको छ , ठुलापोखरा र पाटिको सिर छत्रगन्जको सिरपाटि भन्ने स्थान बाट सिडिको प्रारम्भ भयको छ देवालयको मुलगेटमा रेलिङ दुबैपटि स्टीलको रेलिङ्ग ठाँउ ठाँउमा सौर्य वक्ति २४सै घण्टा निगरानीको लागि सिसि क्यामेरा जडान गरिएको छ । 

    पुजारी आवास परेवा घर र केटाकेटि पार्कको निर्माण गरियको छ । यस्तै नेवा समुदायबाट गेटको निर्माण गरियको छ । पछिल्लो समय सर्दालु भक्त्तजनहरुको लागि सहज तरिकाले दर्शन गर्ने मिल्ने गरि भित्र ब्यवस्थित गरिएको छ ।

    यो संगै मन्दिर ब्यवस्थित बनाउदै मन्दिर संचालनको लागि सहयोग गर्ने चाहने भक्तजनको लागि प्रबिधिमैत्रि बन्दै नविल बैक को खाता नम्मर समितिले उपलब्ध गराएको छ सहयोग गरेको रकम लाई नाम लिस्टीङ्ग गरि फेसबुकबाट जानकारी गराईने अध्यक्षले जानकारी गराउनु भएको छ यसो गर्दै पठाएको रकम पारर्दशी हुने उहाँले भन्नु भएको छ  ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend